वेष्ट इण्डिजविरुद्ध भारत विजयी

नयाँ दिल्ली । वेष्ट इण्डिजविरुद्धको दोस्रो एक दिवसीय खेलमा भारत २ विकेटले विजयी भएको छ । ३१२ रनको लक्ष्य पाहुना टोली भारतले २ बल अगावै ८ विकेटको नोक्सानीमा पूरा गरेको थियो । भारतको जितमा अक्षर पटेलले अविजित ६४ रन बनाए । त्यस्तै श्रेयस अइयर ६३, सञ्जु श्यामसन ५४ तथा शुभमन गील ४३ रनमा आउट भए ।

वेष्ट इण्डिजका अल्जारी जोसेफ र काइल मेयर्सले समान २२ विकेट लिए । यसअघि क्विन्स पार्क ‌ओभलमा टस जितेर पहिले ब्याटिङ गर्दै घरेलु टोली वेष्ट इण्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ३११ रन बनाएको थियो ।

वेष्ट इण्डिजका साई होपले ११५ रनको शतकीय इनिंग्स खेले । त्यस्तै कप्तान निकोलस पुरनले ७४ रन जोडे । बलिङतर्फ भारतका श्रदुल ठाकुरले तीन विकेट हात पारे । जितसँगै ३ खेलको एक दिवसीय शृंखलामा भारतले २–० को अग्रता लिएको छ । पहिलो खेलमा भारतले ३ रनको रोमाञ्चक जित निकालेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार