काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने कुशल रँगकर्मी हुन् । दर्जन भन्दा बढी नाटक लेखेर निर्देशनसँगै अभिनय गरेका यी कलाकारका थुप्रै नाटकहरु लोकप्रिय छन् । जसमध्य उनको चर्चित एक नाटक हो ‘पानीफोटो’ ।
उनले यही नाटकलाई अहिले चलचित्रको रुपमा पर्दामा ल्याउँदैछन् । नाटकलाई फिल्ममा रुपान्तरण गर्नु आफैमा चुनौती हो । यसपटक उनले नै यो चुनौती रोजेका छन् । खागेन्द्रले यस अघि नाटक टकलजँगमा मुख्य भूमिका निर्वाह गरेका थिए । पछि त्यो नाटकमा ‘टलकजँग भर्सेज टुल्के’ नामको फिल्म बन्यो । यो फिल्म हिट भयो । जसबाट खगेन्द्र चलचित्रमा पनि नायकको रुपमा स्थापित भए ।
त्यसपछि पशुपति प्रसाद, धनपति, बधशाला, डमरुको डन्डिबियो, जय भोलेजस्ता विभिन्न चलचित्रमा अभिनय गरेका खगेन्द्रले यसपटक चलचित्र पानीफोटोमा सहायक भूमिका निभाएका छन् । अरुलाई मुख्य भूमिका सुम्पेर उनले यो चलचित्रमा निर्देशकको जिम्मेवारी सम्हालेका छन् । पानीफोटो यही शुक्रबार १३ साउनबाट नेपालका सिनेमा हलमा रिलिज हुँदैछ ।
यो फिल्म आफैंले निर्देशन गर्नुको कारण’bout खगेन्द्रले राजधानीसँग भने,‘मुलुकमा माओबादी जनयुद्ध चरिरहँदा मैले बेपत्ता भएका धेरैको परिवारलाई भेटेर बेपत्ता नागरिक र उनीहरुको परिवारको ’boutमा पानीफोटो नाटक लेखेँ अनि मञ्चन गरेँ । यो नाटकलाई त्यतिबेला दर्शकले निकै रुचाएपछि कुनै दिन चलचित्रमा उतार्छु भन्ने सपना बुनेको थिएँ ।’ डेढ दशक अघि आफुले देखेको सपनालाई साकार पार्न पानीफोटो नाटकलाई अहिले पर्दामा उतारेको उनले राजधानीलाई बताए ।
पारिवारिक भोगाईका कारण उनी त्यतिबेला यस्तो कथा रोज्न पुगेका थिए,‘मेरो एकजना मामा त्यतिबेला बेपत्ता हुनुभयो र उहाँ कहिल्यै पनि घर फर्कनु भएन ।’ हजुर आमाले जहिले पनि आफ्नो छोरो घर फर्कन्छ भनेर बाटो कुरेको दृष्य र बेदनाले उनी नाटक लेख्न विवस भएका रहेछन्,‘त्यतिबेला मैले बाँके बर्दिया पुगेर जनयुद्धमा बेपत्ता भएका केही नागरिकको परिवारलाई भेटेर उनीहरुको कथा व्याथालाई नाटक पानीफोटोमा उतारेँ । राज्य पक्षबाट त्यतिबेला बेपत्ता बनाईएकाहरुको परिवारको पीडालाई नाटकहुँदै यसपटक चलचित्रको पर्दामा उतारेको हुँ ।’
जनयुद्धपछि मुलुकले गणतन्त्र पाएको पनि धेरै भयो । जनयुद्धका घटना तथा भोगाईहरु एकादेशका कथा भईसकेका छन् । भावी सन्ततीका लागि जनयुद्ध र त्यतिबेला बेपत्ता भएका नागरिकको कथा सुनाउन पनि आफुले यो चलचित्र लेखन निर्देशनसँगै निर्माण गरेको खगेन्द्रले बताए,‘यस अघि मैले अभिनय गरेको दुई फिल्म टलकजँग भर्सेज टुल्के र बधशाला पनि जनयुद्धसँग सम्बन्धित चलचित्र थिए । जनयुद्धको गाथा भावी पुस्ताको लागि हामी नसुनाए लोप भएर जान्छ भन्ने उदेश्यले फिल्म पानीफोटो आफैंले बनाएँ ।’
खगेन्द्रको भनाईमा पानीफोटोको अर्थ फोटोको नेगेटिभ अबस्था हो । हराएका मानिसहरु उनीहरु परिवारका लागि नभेटिने र यादबाट कहिल्यै नमेटिने पानीफोटो जस्तै हुन् । चलचित्रको शिर्षकले नै वेपत्ता नागरिकको बिम्बलाई बोकेको यी अभिनेता तथा निर्देशकको कथन छ ।
यो चलचित्रमा उनी सहायक भूमिकामा छन् । जसमा अनुप बराल, मेनुका प्रधान, मल्लिका महत, प्रकाश घिमिरेलगायत विभिन्न नाट्यकर्मीहरुको अभिनय रहेको छ । यो फिल्मबाट निर्देशनमा हात हाल्नुको कारण’bout खगेन्द्रले भने,‘अनुसन्धानको क्रममा बेपत्ता नागरिक र उनीहरुको परिवारको पीडालाई मैले राम्ररी बुझेँ र नाटक तयार गरी मञ्चमा देखाएँ । त्यसैले यो नाटकलाई फिल्ममा मैले नै राम्ररी उतार्न सक्छु भन्ने आत्वविश्वासका कारण निर्देशनको जिम्मेवारी पनि आफैंले लिएको हुँ ।’
फिल्ममा ५० वर्ष नाघेको एक दम्पत्तिले आफ्नो सन्तानको खोजी गर्दाको कथालाई उतारिएको छ । जसमा मुख्य भूमिकामा अनुप बराल छन् । त्यो उमेरको चरित्रमा आफु भन्दा अनुप बराल उपयुक्त हुने निस्कर्ष सहित खगेन्द्रले मुख्य भूमिका ननिभाएको बताए,‘अहिले त्यो भूमिकामा अनुप दाईले जुन न्याय गर्नु भएको छ, त्यो न्याय मैले दिन सक्दिन थिएँ । अर्कोतर्फ निर्देशकको जिम्मेवारी बोकेपछि मुख्य चरित्र समेत निर्वाह गर्नु मेरोलागि त्यत्तिकै जोखिम थियो ।’ त्यसैले आफु निर्देशन तर्फ केन्द्रित भएको पनि उनले स्पष्ट पारेका छन् ।
पानीफोटोलाई उनले मध्य साउनमा प्रदर्शन गर्दैछन् । फिल्म राम्रो भयो भने दर्शकलाई झरीले नछेक्ने विश्वास खगेन्द्रको छ । यस अघिका सबै फिल्मबाट आफुले दर्शकले मन जितेका कारण यसपटक साउनमा पानीफोटा ल्याएका रहेछन् ।