भक्तजनका लागि निःशुल्क स्वास्थ्य शिविर

सर्लाही । साउनको दोश्रो सोमबार पनि आज सर्लाहीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिनाको सोमवार सर्लाहीको अधिकांश शिवालयहरुमा मेला समेत लाग्ने गरेको छ । यसैक्रममा चन्द्रनगरमा नाढी तालको डिलमा अवस्थित शिव मन्दिरमा चन्द्रनगर गााउँपालकिा अध्यक्ष राजकुमार महतोले ब्रतालु भक्तजनहरुको लागि गाउँपालिकाको तर्फबाट निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका थिए ।

भक्तजनको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिए । निःशुल्क स्वास्थ्य शिविर बाट भक्तजनहरुले स्वास्थ्य लाभ लिइराख्नु भएको छ ।त्यस्तै भगवान शिवलाई जल चढाउने ब्रतालु भक्तहरुलाई शितलता प्रदान गर्न गाउँपालिकाले सरबतको समेत व्यवस्थापन गरेको छ ।

टाढा टाढा बाट तातो घाम तथा गर्मीमा पनि शिवालयमा ब्रतालुहरु आउने भएकोले शितलता प्रदान होस उदेश्यले सरबतको व्यवस्था गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । चन्द्रनगरको शिवालयमा भक्तजनहरुको लागि धार्मकि, साँस्कृतीक, महत्व बोकेको साँस्कृतीक कार्यक्रमको व्यवस्था गरिएको चन्द्रनगरका स्थानीय उमेश साहले जानकारी दिए । चन्द्रनगरमा भक्तजनहरुको सुरक्षाको लागि प्रहरी समेत परिचालन गरिएको छ ।

भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासले भक्तजनको भीड लागेको चन्द्रनगर गाउँपालिका स्थित रहेको शिव मन्दिरका पुजारी किशोरी भगतले बताए । सर्लाहीमा अहिले चन्द्रनगरमा रहेको शिव मन्दिर, ईश्वरपुर नगरपालिका स्थित भक्तिपुरमा रहेको शिव मन्दिर, हरिपुरका शिवालय, लालबन्दी नगरपालिकाका शिवालय, हरिवन नगरपालिका शिवालय, कविलासी नगरपालिका शिवालयमा भक्तजनहरुको भिड लागेको छ ।

बिहानै युवा, युवती, महिला पुरुषहरु नुहाई धुवाइ गरेर चोखो भएर यतिबेला शिवालयहरुमा जल चडाउन भिड लागेको ब्रतालुहरुले जानकारी दिएको छ । सोमबारका दिन सर्लाहीमा व्रत वस्ने परम्परा समेत रहेको छ । सोमवारका दिन ब्रत बसे भगवान शिवले चिताएको मनोकामना पुरा गर्ने जनविश्वास रहेको ब्रतालु महिला अनिता साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी