नेपालले माल्दिभ्सलाई चार सून्यले हरायाे

काठमाडाैं । भारतमा आजदेखी सुरु भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । भुवनेश्वरको कालिंगा रंगशालामा आज प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४/० गोलले हराउँदै सुखद सुरुवात गरेको हो ।

नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, क्रिटिश रत्न छुन्जु मनग्य नकर्मीले ले १/१ गोल गरे । खेलको सुरुवातदेखीनै माल्दिभ्सलाई दबाबमा राखेको नेपालले पहिलो हाफमा पाएका थुप्रै मौका गुमायो । खेलको १० औं मिनेटमा सुमित श्रेष्ठले डि बक्स भित्र पाएको मौका सदुपयोग गर्न सकेनन् ।

१६ औं मिनेटमा क्रिटिशको पासमा पाएको राम्रो अबसर सुगमले खेर फाल्यो । लगातार माल्दिभ्सको पोष्टमा धावा बोलेको नेपालले पहिलो गोलका लागि पहिलो हाफको अन्तिमसम्म कुर्नु पर्यो । ४२ औं मिनेटमा दिपेशले नेपाललाई अग्रता दिलाए । आयुष घलानको फ्रिकिक माल्दिभ्सका गोलरक्षकले पन्च गर्दै बचाउँदा रिबाउण्डमा पाएको बललाई दिपेशले करिब ३५ यार्ड टाढाबाट कडा प्रहार गर्दै पोष्टको दिशा दिलाए । लगतै पाएको अबसरमा फेरी एक पटक सुगम चुक्न पुगे ।

पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो । ५६ औं मिनेटमा माल्दिभ्सले खेलमा फर्कने राम्रो अबसर गुमायो । तर त्यसको दुई मिनेटपछि सुगमले नेपालको अग्रता दोब्बर पारे । क्रिटिशको पासमा अनमार्क रहेका सुगमले माल्दिभ्सका डिफन्डरलाई बिट गर्दै सुन्दर गोल गरे । ६२ औं मिनेटमा क्रिटिशले टोलीका लागि तेस्रो गोल गरे ।

माल्दिभ्सका डिफेन्डरले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि पाएके पेनाल्टीमा क्रिटिशले सहजै गोल गरे । जितनजिक रहेको नेपालका लागि अतिरिक्त समयमा मनग्यले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । गोलरक्षकले रोकेको बल रिबाउण्डमा मनग्यले सहजै गोल गर्दै नेपाललाई ३ अंक दिलाए ।

अब नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार