नेपाल समाजवादी पार्टी गठन गर्दै बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थालेका छन् । उनले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जाने’bout छलफललाई तीव्रता दिएका छन्।

भट्टराई जसपाको संघीय परिषद् अध्यक्ष थिए। उपेन्द्र यादव पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक गरी भट्टराईलाई जसपा संघीय परिषद् अध्यक्षको जिम्मेवारीबाट हटाएका थिए । यसअघि भट्टराईले पनि काठमाडौंमा जसपा केन्द्रीय समितिको विस्तारित बैठक राखेका थिए ।

तीन अध्यक्ष रहने

जसपाबाट अलगिएर भट्टराईले नेपाल समाजवादी पार्टी खोल्न लागेका हुन् । उनीनिकट एक नेताले दिएको जानकारीअनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ। भट्टराई आफूसहित तीन जना अध्यक्ष रहने गरी पार्टी गठन गर्ने तयारी गरिरहेका छन्।

उनीनिकट एक पूर्वविद्यार्थी नेता नुवाकोटका दीपक लामिछानेको नाममा समावेशी लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता थियो। उक्त पार्टीको चुनाव चिन्ह खुलेको एकल आँखा छ। गत फागुनमा उक्त पार्टी निर्वाचन आयोगमा दर्ता भएको बताइएको छ।

भट्टराईको सचिवालयका एक सदस्यका अनुसार केही दिनभित्र नेपाल समाजवादी पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोग जाने तयारी छ । भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।

जसपामा विवाद भएपछि पछिल्लो समय उपेन्द्र यादव र भट्टराई सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति गरेका थिए। यादवले भने भट्टराईले पार्टी कब्जा गर्न खोजेकोले संघीय परिषद् अध्यक्षबाट निकालिएको दाबी गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी केन्द्र बनाएर जाने’bout पनि भट्टराईसँग छलफल गर्दै आएका छन् । समाजवादी केन्द्र बनाएर जाने’bout छलफल भइरहँदा भट्टराईले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 469 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा र रुरु क्षेत्रमा मतगणना अनिश्चित