अध्यक्ष चन्दलाई आईसीसी अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ । इंग्ल्यान्डको बर्मिङहममा जारी आईसीसीको वार्षिक साधारण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेबापत सो अवार्ड दिएको कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन् ।

आईसीसीको वार्षिक साधारण सभामा नेपालको तर्फबाट मल्ल र चन्दले भाग लिएका छन् । उनीहरू ४ साउनमा त्यसतर्फ प्रस्थान गरेका थिए । आईसीसीले हरेक वर्ष क्रिकेट बोर्डमा रहेर काम गर्ने व्यक्तिलाई सम्मानित गर्ने गर्छ । त्यसैअन्तर्गत आफ्ना १ सय ७ सदस्य राष्ट्रबाट मध्ये विभिन्न सेवामा रहेर काम गरेकोलाई यस अवार्ड दिने गर्छ ।

यसपटक १ सय ७ देशबाट १८ जनालाई लामो सेवा गरेको बापत सम्मान गरिँदा नेपाल पनि परेको हो । चन्द लामो समयदेखि क्यानमा विभिन्न पदमा रहेर काम गर्दै आएका छन् । चन्द २०७२ क्यानका अध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि विभिन्न पदमा थिए । तर, तत्कालीन अध्यक्ष टंक आङबुहाङको समूहले निर्वाचन बहिष्कार गरेको थियो ।

त्यसलाई आधार बनाएर राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्य सचिव केशवकुमार विष्टले निर्वाचनलाई अस्वीकार गर्दै अहिलेका राखेप सदस्य सचिव रमेश सिलवालको अध्यक्षमा क्यान पुर्नगठन गरेका थिए । त्यसैको कारण आईसीसीले दुई समितिको कारण देखाउँदै २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । २०७६ को चुनावबाट चन्द पुनः अध्यक्षमा फर्किएका थिए । उनले काम गर्न नसकेको भनेर चर्को आलोचना खेप्दै आएका छन् । यसपटकको आईसीसीको वार्षिक साधरण सभामा मुख्य एजेन्डा ओडीआई मान्यता थियो ।

हालसम्म ओडिआई मान्यतालाई कसरी लैजाने टुंगो हुन सकेको छैन । नेपालले भने सातवटा देशलाई नहटाएर थप दुई देश गर्ने प्रस्ताव गरेको छ । यो निर्णय आगामी नोभेम्बरमा थाहा हुने र यसमा १२ टेस्ट टोलीको निर्णयमा भर पर्नेछ । नेपालले हाल विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेलेको छ ।

शीर्ष तीन टोली सोझै आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्नेहुन्छ । ओडिआई मान्यता कुन टोलीले कसरी पाउने हालसम्म स्पष्ट खाका छैन । नेपाल भने २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै पुछारमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार