काठमाडौं । कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै सरकारले चलचित्र भवन, खेलस्थल, जिम, डान्स बारलगायत बन्द गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले १८ वैशाखसम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
यसको अनुगमानको जिम्मा गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।
साथै होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मल सञ्चालक हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउन पनि भनिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)






