३० औं पटकको प्रयासमा एसईई उत्तिर्ण भए भागीराम चौधरी


टीकापुर । कैलालीको कैलारी गाउँपालिका ६ बनकट्टाका ५३ वर्षीय भागीराम चौधरीले एसईई परीक्षा उत्तिर्ण गरेका छन् । २९औं पटकसम्म एसएलसी तथा एसईईमा अनुत्तीर्ण भएका चौधरीले ३० औं पटकको प्रयासमा एसईई परीक्षा उत्तीर्ण गरेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार उनी २ं ५ जीपीए ल्याई उत्तिर्ण भएका हुन् । निरन्तर मेहनत र दृढ आत्मविश्वासले सफलता प्राप्त गरेको उनले बताए ।

एसईईमा उत्तीर्ण भएपछि उनले आफू अध्ययनरत तथा कार्यरत समेत रहेको विद्यालयमा मिठाई बाँडेर खुसी साटे । उनी कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगीका रुपमा कार्यरत छन् । उनी सोही विद्यालयमा अध्ययनरत छन् ।

२०४८ देखि एसएलसी परीक्षा दिदै आएका चौधरी कोरोना महामारीको अवधीमा भने परीक्षामा सहभागी भएनन् । लामो मेहनत र दृढ आत्मविश्वासपछि एसईई उत्तीर्ण भएका उनले आफू कार्यरत रहेको विद्यालयमै कक्षा ११ भर्ना हुने बताए । शिक्षाप्रति उनमा भएको लगाव नै सबैको लागि उत्प्रेरणाको स्रोत बनेको उनका सहकर्मी बताउँछन्।

यस्तै जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक डिल्लीराम मिश्रले जीवनमा हरेश नखाई निरन्तर मेहनत गरे सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण भागीराम बन्न सफल भएको बताए । तीन सन्तानका पिता रहेका उनका जेठा छोरा स्नाकोत्तर अध्ययनरत छन्, भने अर्को छोरा र छोरी स्नातकमा अध्ययनरत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसमा उम्मेदवार छान्न सकस