टुकुचा किनारमा बनाइएका टहरामा काठमाडाैं महानगरपालिकाले डाेजर लगाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला किनार क्षेत्रका नक्सा स्वीकृत नभई बनाइएका घर/टहरा हटाउन सूचना जारी गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)देखि जय नेपाल हलसम्म टुकुचाखोलाको किनार क्षेत्रको अतिक्रमित संरचना हटान महानगरले सूचना जारी गरेको हो । घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैं हटाउने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभाग (साविक भवन निर्माण इजाजत विभाग)बाट जारी गरिएको स्वीकृत नक्सा विपरीत भवन निर्माण मापदण्ड विपरीत र नक्सा नै नलिई घर/टहरा निर्माण गरेको देखिएको हुँदा त्यस्तो प्रकृतिका भवनहरु यो सूचना जारी भएको ३५ दिनभित्र हटाउनन अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण