आगामी निर्वाचनमा महिला सहभागिता बढाउन आग्रह

काठमाडौं । प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

‘शासन व्यवस्था र लोकतन्त्र बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने’ सभामुख सापकोटाको जोड छ ।

‘आगामी संघ र प्रदेशसभा निर्वाचनमा दलले महिलालाई बढीभन्दा बढी प्रतिनिधित्व गराउन जोड गर्नुपर्दछ । यो राष्ट्रका लागि, लोकतन्त्र र यसको बहुआयामिक विकासका लागि पनि महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘यो काम पार्टीले नै गर्नुपर्छ, व्यक्तिले होइन । महिला प्रतिनिधित्व बढाउन पार्टीले जोडबल गर्नुपर्छ ।’

राजधानीमा बिहीबार आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तक्र्रियामा बोल्दै उनले सभामुख सापकोटाले ‘अहिले मतदातामा दलगत मतदान गर्ने अरुचि देखापरेको’समेत उल्लेख गरे ।

‘त्यसलाई हटाउन पनि राजनीतिक दलले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन प्रणालीतर्फ महिलाको अधिक प्रतिनिधित्व गराउनुपर्छ,’ उनले भने, ‘दलगत मतदानमा अहिले जुन अरुचि देखापरेको छ । यो हाम्रो व्यवस्थाका लागि समस्या हो । यो समस्या हल गर्न धेरै कुरा छन् । सबभन्दा महŒवपूर्ण कुरा आधा आकाश धानेका महिलालाई समानुपातिकमा मात्र नभई प्रत्यक्ष निर्वाचनमा पनि सहभागी गराउनुपर्छ । यसो भयो भने हाम्रो व्यवस्था बलियो हुँदै जान्छ । लोकतन्त्र बलियो हुँदै जान्छ ।’

सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता बढाउन महिला सांसदले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यकता औंल्याए । उनले जनताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिलाई सचेत गराए ।

जनप्रतिनिधिको जीवनस्तरमा परिवर्तन आए पनि जनताको जीवनमा खासै परिवर्तन नआएकाले उनीहरूले गरेको हरेक प्रश्नको जवाफ जनप्रतिनिधिले दिनुपर्नेमा उनको जोड छ । ‘हामी जनप्रतिनिधिले जनताप्रति उत्तरदायी हुनैपर्छ । जनताको एक-एक प्रश्नको उत्तर हामीले दिनैपर्छ,’ सभामुख सापकोटाले भने, ‘जनताप्रति जवाफदेही हुने र उनीहरूको विश्वास लिएर मात्रै अघि बढ्न सकिन्छ ।’

कार्यक्रममा प्रतिनिधिसभा उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिला सहभागिता अधिक गराउन राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराइन् । समाजमा विद्यमान महिलाप्रतिको दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको अधिक सहभागिता गराउन पहल गर्नुपर्ने उनको जोड छ ।

पूर्वसभामुख ओनसरी घर्तीले भोलिको पुस्तालाई राजनीतिमा आकर्षित गराउन पनि अहिले नै राजनीतिक दलले महिलालाई प्रत्यक्षतर्फको निर्वाचनमा बढीभन्दा बढी सहभागिता गराउन लाग्नुपर्ने खाँचो औंल्याइन् ।

आरक्षण र विशेषाधिकार केही समयका लागि मात्रै भएकाले महिला नेतृत्व स्थापित गराउन महिला सांसदले पनि पहलकदमी लिनुपर्ने बताइन् । विशेषाधिकार उपयोग गरेर महिलाले आफूलाई कमजोर साबित गर्न नहुने उनको जोड छ ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?