दार्चुला । हिमाली जिल्ला दार्चुलाको बिकट ठाउँ अपि हिमाल गाउँपालिका–४ खण्डेश्वरी मावि क्षेत्तीका छात्रा बिद्यार्थीहरु एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा डराउने गरेको पाईएको छ ।
अध्ययनरत छात्राहरु करिब हप्ता दिनदेखि एकाएक बिरामी हुन थालेपछि पठन पाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक खडक सिंह लोथ्यालले बताए ।
बिहीवार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए ।
छात्राहरु एक्कासि बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्,प्रधानाध्यापक लोथ्यालले भने, ‘छात्राहरुमा यस्तो देखापरेपछि शुक्रवार देखि विद्यालय बन्द गरिएको हो ।’
तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)