सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु


सर्लाही । सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नं. ५ लक्ष्मिनिया टोल बस्ने महेन्द्र साहको छोरा अन्दाजी २६ वर्षिय मुकेश साह रहेका छन् ।

शुक्रबार बिहान सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १० किशनपुर टोल स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको ट्रिफर गाडीले बिपरित दिशाबाट जादै गरेको ना २१ प ७४०१ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ रौतहट निवासी मोटरसाइकल चालक साहको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहलाई ठक्कर दिने टिफर र टिफर चालक ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बरहथवाको डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार