प्रधानमन्त्री–लुबीच भेटवार्ता : अमेरिका भ्रमणका लागि अनुकूल मितिको खोजी

काठमाडौं । नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध कायम भएको ७५औं वार्षिकोत्सव मनाइरहेकै बेला अमेरिकी उच्चअधिकारीको बाक्लो नेपाल भ्रमणलाई स्वाभाविक रूपमा लिइएको छ ।

गत ६ असारमा मन्त्रिपरिषद्बाट एसपीपी अगाडि नबढाउने निर्णयपछि बिहीबार अमेरिकाबाट पहिलोपटक वरिष्ठ अधिकारी नेपाल भ्रमणमा आएपछि नेपालको राजनीतिमा तरंग ल्याएको छ ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं उत्रिएसँगै अनुकुल समय प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुने अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् । लुको नेपाल भ्रमणपछि देउवाको ‘अमेरिका भ्रमण’ सम्भावना बढेको हो ।

त्यसो त, परराष्ट्र मन्त्रालय र वासिङटन डीसीस्थित नेपाली दूतावास प्रधानमन्त्री देउवाको भ्रमणका लागि गृहकार्य गरिरहेका छन् ।

भारत हुँदै काठमाडौं आइपुगेका लुले शुक्रबार प्रधानमन्त्री देउवासँग भेटवार्तासमेत गरेका छन् । यो भेटलाई ‘अर्थपूर्ण’ मानिनुको पछाडि गत १५ फागुनमा संसद्बाट एमसीसी अनुमोदन गर्नुअघि उनैले प्रधानमन्त्री देउवालगायत विभिन्न दलका नेतालाई टेलिफोन गरी ‘पैरवी’ गरेका थिए । सोही कारण यसपटक एसपीपी’bout वार्ता हुने आशंका गरिएको छ ।

एसपीपी अघि नबढाउने नेपालको निर्णयपछि चीनले खुलेर प्रशंसा गरेको थियो । सत्तारूढ गढबन्धनका दलका शीर्षनेताले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण ‘हाललाई टरेको’ अभिव्यक्तिसमेत दि“दै आएका छन् । तर, प्रधानमन्त्री भने अमेरिका भ्रमणमा इच्छुक देखिएको छ ।

केही समयअघि मात्रै परराष्ट्र मन्त्रालय प्रवक्ता सेवा लम्सालले नियमित पत्रकार भेटघाटक्रममा ‘प्रधामन्त्रीको अमेरिका भ्रमणका लागि दुवै देशले अनुकूल समय खोजी गरिरहेको’ बताएकी थिइन् ।

गत वर्ष फागुनमा संसद््बाट ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन’ (एमसीसी) सहायता स्वीकार गर्ने निर्णयपछि नै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण तयारी भएको थियो ।

एमसीसीअन्तर्गत नेपालले हालसम्मकै सर्वाधिक ठूलो ६० अर्बबराबरको वैदेशिक अनुदान प्राप्त गरेको हो ।

गत २५ चैतमा प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निम्तो आएको थियो । त्यसपछि नै भ्रमण तयारी सुरु भए पनि अनुकूल वातावरण भने मिलेको छैन ।

असार अन्तिम सातामै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका लागि तयारी भएको थियो । आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको ७७औं महासभामा अमेरिका भ्रमण हुन सक्ने आ“कलन गरिएको छ । लुको भ्रमणलगत्तै देउवाको अमेरिका भ्रमण हुन सक्ने आशंकासमेत गरिन थालिएको छ ।

देउवाले यसअघि सन् २००२ मा नेपालमा माओवादी द्वन्द्वका समय अमेरिकाको औपचारिक भ्रमण गरी अमेरिकी राष्ट्रपतिलाई भेटेका थिए । दुई दशकपछि उनमा त्यो अवसर ‘क्यास’ गर्ने चाहनामा देखिएको छ । त्यसयता नेपाल सरकारका प्रमुखले संयुक्त राष्ट्रसंघ महासभाको अवसर पारेर भएका रात्रिभोज वा अन्य कार्यक्रममा मात्र अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त भेट गरेका छन् ।

नेपाल र अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने बेलायतपछि अमेरिका दोस्रो देश हो ।

सन् १९५८ मै नेपालले अमेरिकको वासिंटन डीसीमा दूतावास खोलेको थियो । अमेरिकाले पनि त्यसको एक वर्षपछि काठमाडौं दूतावास खोल्यो । क्षेत्रीय भूराजनीतिक र अन्य मुद्दा विषयमा स्पष्ट पार्न पनि देउवाको अमेरिका भ्रमण आवश्यक रहेको विज्ञ बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी