दर्के झरीसँगै चिसियो मध्य तराई

सुकेका ब्याड हेरिरहेका कृषक दंग

वीरगन्ज । मध्य तराईमा ४० डिग्रीमाथि गएको राप शनिबार अनायासको दर्के झरीले निथ्रुक्क पारेपछि उखरमाउलो गर्मी चिसिएको छ । यो वर्षकै अहिलेसम्मको गतिलो पानी शनिबार साँझ ५ बजेबाट परेपछि बल्ल गर्मी चिसिएको हो ।

जल तथा मौसम विज्ञान विभागले देशभर सामान्य बदली भई अधिकांश भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने जनाएअनुसार मध्यतराईमा शनिबार साँझ दर्के पानी परेको छ । वर्षात्मा रोप्ने धान ब्याडमै सुक्दै गएको यो क्षेत्रमा ढिलो गरी आएको पानीबाट कृषक दंग परेका छन् ।

सहरबजारमा पनि गर्मीले छट्पटाएका आममानिस राहत महसुस गरिरहेका छन् । गर्मीका कारण विभिन्न रोग सामना गरिरहेका बिरामीसमेत राहत महसुस गर्न थालेका छन् । पहिले नै आउनुपर्ने पानी ढिलो गरी आएकाले बल्ल राहतको सास फेर्न पाएको स्थानीय सञ्जय सर्राफ सुनाउँछन् । बजार क्षेत्रका नालामा पानी भरिएर सडकमा जाम भएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान आसपास र पूर्वमा सरदरभन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम विभागले जनाएको थियो । त्यसअनुसार मधेस प्रदेश सुदूरपश्चिम क्षेत्रमा पनि बल्ल आकासे पानी आएको हो ।

आगामी २४ घण्टा देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम विभागको सन्देशअनुसार अझै वर्षा हुनेछ । मौसम चिसिएसँगै डुबान र कटानबाट भने होचो जमिनमा रहेका सर्वसाधारण सुरक्षित रहनुपर्ने देखिएको छ ।

होचो भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने भएकाले नदीनाला तथा खोलामा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पानी पर्न थालेकाले सतर्कता अपनाउन उत्तिकै जरुरी रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल बताउ“छन् ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार