कारोनाको प्रभाव : आयोडीन नुनबन्द हुने हल्लामा नुनलिनेको भिड

बझाङ । विश्व भरि कोरोनाको संक्रमण फैली रहेको बेला यसको प्रभाव बझाङमा समेत परेको छ । छिमेकी देश चिन संगै भारतमा कोरोना फैलिरहेको समयमा यसको प्रत्यक्ष प्रभाव नेपालको दुर्गम जिल्लामा बझाङमा समेत परेको हो । आयोडीन युक्त नुन भारतबाट आयात हुने भएका कारण नाका बन्दहुने र कुनै पनि सामान आयात नहुने नुनपनि सक्कीने भन्ने हल्लामा बझाङको सदरमुकाम चैनपुरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डीपो कार्यालय बझाङ दैनिकजसो नुनलिनेको धेरै भिड लाग्ने गरेको छ ।

केहीदिन अघि सम्मदिनमा ५० जना देखी एक सय पचास जनाले आयोडीन नुनलिन गरेकाभएपनि पछिल्लो तिनचार दिनयता भने दैनिकचार सय देखी ८ सय सम्म स्थानीयबासिन्दा आयोडीन नुन लिनपुग्ने गरेका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डीपो कार्यालय बझाङका कार्यलय प्रमुख टेक बहादुर बोहराले बताउनु भयो ।

हल्लाकाकारण यो भिड भाड बढी हुने गरेको बताउदै उहाँले शाखामा झण्डै १५ सय क्युन्टल भन्दा बढी नुन मौजात भएको र यस आर्थिक बष्ष्र्षको कोटाको नुन समेत ढुवानी भै रहेका कारण हल्लाका पछि नलाग्न जिल्लाबासी सबैलाई आग्रह समेत गर्नु भएको छ ।

थलारा गाँउपालिकाकी कल्पना खातीले गाँउमा नुन कोरानाले नाका बन्दहुने र नुन समेत बन्द हुनलागेको हल्ला सुनेर आफु घरको सबै काम छोडेर नुनलिन सदरमुकाम पुगेको बताईन् । उनि जस्तै यता सुर्मा गाँउपालिकाकी बसन्ति बोहराले ५।६ पोकानुन घरमा भएपनि नुन नै बन्दहुने हल्ला सुनेपछि आफु छोरालाई छोेडेर सदरमुकाम चैनपुरमा आयोडीन नुन लिनपुगेको बताउनु भयो ।

यता साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डीपो कार्यालय बझाङका प्रमुखबोहराले भने जिल्लाका लागी प्रशस्त नुन भएको केहीबर्ष पहिला भारतले नाकाबन्दीगर्दा समेत नुनको अभाव नभएको अवस्थामा अहिले पनि नुन अभाव नहुने र हल्लाको पछि नलाग्न अनुरोध गर्नु भयो । आयोडीन नुन भारतबाट आयात नभएपनि झण्डै एक बर्ष सम्म नुन आभवन हुने समेत उहाँले बताउनु भयो ।

कोरोनालाई मध्यनजर गर्दै बझाङका चार स्थानमा हेल्थ डेस्क स्थापना

COVID-19  (कारोना)को उच्चजोखिमलाई मध्यनजर गर्दै बझाङ जिल्लाकाचार स्थानमा हेल्थ डेस्कहरु स्थापना गरीएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत विथ्डचिर गाँउपालिका तथा बझाङ र बैतडीको सिमानानजीकै स्याँडी प्रहरी चौकीमा एक हेल्थ डेस्क यस्तै बसपार्कमा, साईपाल गाँउपालिकाको धुलीमा र अस्पतालको परिसरमा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशिले जानकारि दिनु भयो । तिब्बत संग जोडीएको साईपाल गाँउपालिकाको धुलीका हेल्थ डेस्कको स्थापान भै सकेको गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर। धामीले बताउनु भयो ।

सिमाना नजीकै पर्ने भएका कारण यस गाँउपालिकाले उच्च सतर्कता अपनाएको बताउँदै उनले अहिले सबै नाकाहरु हिउँपातका कारण बन्द भएका यस प्रति गाँउपालिकाले विषेध ध्यान सकेत दिएको उनको भनाई छ । यस्तै जिल्ला बिपदब्यवस्थापन समितिको आईतबार बसी यस’bout पुर्व तयारी गर्ने र यसको प्रचार प्रसार गर्ने निर्णय भएको जिल्ला बिपदब्यवस्थापन समितिका प्रम्ख तथा प्रमुख जिल्लाअधिकारी उमेश पाण्डेले जानकारी दिनु भयो ।

यही चैत्र ६ गते बाट संचाल नहुने SEE परिक्षा संचालनहुने भएकाकारण परिक्षाअवधि भर प्रत्येक परिक्षा केन्द्रमा COVID-19   सर्भिलेन्स तथा परामर्शका लागि हेल्थ डेस्क संचालनगर्ने भन्ने तयारी भएको प्रम्ख जिल्लाअधिकारी पाण्डेले बताउनु भयो । जिल्लमा १९ वटा  SEE  परिक्षाकेन्द्र तोकिएका छन । सबै परिक्षा केन्द्रमा स्वास्थ्यकार्यालयको सहयोगमा हेल्थ डेस्क स्थापनाहुने भएको उहाँको भनाई छ ।

स्वास्थ्यकर्मीको ब्यबस्थापन सम्बन्धित स्थानीयतहसंग समन्वयगरिने स्वास्थ्यकार्यालय बझाङ्गले जनाएको छ । OVID-19    को उच्चजोखिमलाई मध्यनजर गर्दै जिल्लाले पुर्वतयारीका कुरामाजोड दिँदै गएको अस्पतालका कार्यलय प्रम्ख सन्दिप ओखेडाले बताउनु भयो । बझाङ जिल्लाका सबै स्थानीयतहहरुबाट रोजगारीको खोजीमा भारतका विभिन्नशहरहरुमा जाने मान्छेहरु धेरै भएका कारण यसबाट विदेशमा बस्ने सबै नेपालीहरुले सचेत हुन आवष्यक रहेको प्रमुख जिल्लाअधिकारी पाण्डेले बताउनु भयो ।

यहाँबाट भारतमाजाने सबै जोसो नेपालीहरुलाई सचेत रहन सकेत उनले आग्रहगर्नु भएको छ । साथै एक सार्वजनीक सुचनाजारी गर्दै , भिडभाडमा कसैले पनीनजान, सबै स्थानीयतहहरुले सभा सम्मेलनहरु नगर्न र नगराउनहुन अनुरोध समेत गरिएको छ । अहिले जिल्ला अस्पतचाल र स्वास्थ्यकार्यलयले समेत यस सम्बन्धी विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालनगर्दै गएको छ ।

उच्चजोखीममा सुदुरपश्चिमप्रदेश

अन्य स्थानभन्दा सुदुरपश्चिम प्रदेश उच्चाजोखीममा छ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु बझाङ बाजुरा, डोटी, अछाम लगायतक जिल्लाहरुबाट रोजगारीका लागी भारतका प्रत्येकशहरुहरुमा नेपाल ीतथा सुदुरचमका ग्रामीण बस्तिहरुबाट स्थानीयहरु पुगेकाकारण यहाँकोरोनाको जोखीम बढेको हो । छिमेकी राष्ट भारतमा कोरानाको संक्रमण देखीएका कारण यहाँ जोखीम बढेको हो ।

नयाँबर्ष लाग्नअब केहीदिनमात्रै बाँकी रहेको र नयाँबर्ष मान्नका लागीभारत प’गेका स्थानीयहरु घर फर्कीने भएका कारण यहाँकोरोनाको जोखीम बढ्न सक्ने अन’मान स्थानीयबासिन्दाहरुले लगाएका छन् । समाज सेवि विष्णु भक्त जोशिकाअनुसार सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुले मनाउने विसु पर्व नजीकै आएका कारण यो पव मान्नका लागी देश विदेशमा गएका सबै नागरीकहरु घर फर्कीने भएकाले यसको जोखीम बढ्न सक्ने बताउनु भयो । यसको सजक र सतर्कता अपनाउनका लागी सबैले आआफ्नो क्षेत्र बाट पहलकदम चाल्नआवश्क रहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 455 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देशकै पहिलो निर्वाचित गाउँपालिका अध्यक्ष घलेको के छ योजना ?