पाेखरामा पहिरोले १ को मृत्यु, २ घाइते, १ सय घर डुबानमा

पोखरा । भारी वर्षाका कारण पहिरोमा घर पुरिंदा पोखरामा एक युवकको मृत्यु भएको छ । पहिरोमा परी २ जना घाइते छन् । पोखरा ६, डिहिगोपाटनमा आइतबार राति करिब १ बजे स्थानीय लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडिको एक कोठा भत्किंदा मानवीय क्षति भएको हो ।

सो कोठामा डेरा गरी बस्ने कास्कीको माछापुच्छे गाउँपालिका वडा १, भुर्जुङखोला तातोपानीकी २७ वर्षीया सुनिता सुनार, उनको छोरी १० वर्षीया सिम्रन सुनार र सुनिताका भाइ २६ वर्षीय सन्तोष सुनार घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी अस्पताल पठाइएकोमा सन्तोषलाई चिकित्सकले साढे २ बजे मृत घोषणा गरेका हुन् । सुनिता र उनकी छोरी सिम्रनको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैबीच, आइतबार रातिदेखि निरन्तर भारी वर्षाले पोखरा १३, कमलपोखरी क्षेत्रका करिब १ सय घर डुबानमा परेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार