आशंका कोरोनाको चौथो लहरको ?

गत माघ ८ गते नेपालमा ओमिक्रोन भेटिएपछि कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । फागुन महिनाबाट ओरालो लाग्दै एकल अंकमा रहेको संक्रमणदर असार लागेपछि उकालो चढ्दै दोहोरो अंकमा रहेको छ र सक्रिय संक्रमितको संख्यासमेत असार २७ बाट ५ प्रतिशत बढी र त्यसपछि दोहोरो अंकमा बढोत्तरी भएकाले लहरको आशंका गरिएको छ । नेपालमा कोरोना संक्रमण सुरु भएदेखि हालसम्म आरटीपीसीआरबाट करिब ९ लाख ८६ हजार र एन्टिजेन परीक्षणमा १ लाख ५० हजारमा कोरोना पुष्टि भइसकेको छ । हालसम्म कोरोनाबाट मृत्यृ हुनेको संख्या ११ हजार ९ सय ६५ पुगेको छ ।

भारतको नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्टको सबभेरियन्ट बी ए–२.१२ फेला परेको छ, जुन सबैभन्दा निकै संक्रामक र तीव्र गतिमा फैलिने स्टेन मानिएको छ । ओमिक्रोन भेरियन्न्टको पछिल्लो पुस्ता बी ए–५ उपप्रजाति अल्टा फास्ट भाइरसले नै संक्रमण बढाएको र चौथो लहर ल्याउनसक्ने आँकलन छ । तथापि, जटिल अवस्था निम्त्याउने र अस्पताल भर्ना गराउने सम्भावना कम छ । स्वास्थ्य मन्त्रालय र विज्ञहरूले संक्रमणदर ५ प्रतिशतभन्दा कम भए संक्रमणको सामान्य अवस्था मान्छन् । जनस्वास्थ्यका मापदण्ड पालना, खोपको पूरा मात्रा र बुस्टर डोजले संक्रमणदर कम गर्ने भएकाले सबैले यसमा जोड दिनुपर्छ ।

लक्षण
भाइरस प्रवेश गरेपछि लक्षण देखिन औसतमा पाँच दिन तथा छिटोमा एक दिन र बढीमा १२.५ दिन देखिएको छ । हालसम्म कुनै घरपालुवा, पंक्षीहरूमा संक्रमण देखिएको छैन । निमोनियाविरुद्धको खोपले कोरोना संक्रमण रोक्दैन । एन्टिबायोटिक तत्व भएको लसुन कोरोनाविरुद्ध उपलब्धिमूलक देखिएको छैन । चिकित्सा इतिहासमा मानिसमा पहिलो कोरोना सन् १९६० मा सामान्य रुघाखोकीले ग्रस्तको नाकमा पाइएको थियो भने सन् १९३७ मा जनावर पंक्षीमा संक्रमित ब्रोकाइटिस भाइरसका रूपमा भेटिएको थियो । नोकोभा भाइरस चाइनिज कोब्रा र करेट सर्पबाट मानिसमा सरेको चिनियाँ मिडियाबाजी भए पनि पशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट भन्नेमा अझै स्पष्ट भइनसकेको विश्व स्वास्थ्य संगठन बताउँछ ।

लन्डनको इम्पेरियल कलेजको आँकलनमा ८० वर्षमाथिका व्यक्तिमा औसत मृत्युदरभन्दा १० गुणा बढी र ४० वर्षभन्दा कम उमेरमा कम छ

ज्वरो १००.४ डिग्री फरेनहाइट बढी, रुघाखोकी, सास फेर्न असजिलोजस्ता लक्षण देखिन्छ । भाइरस कसैले खोकेको, हाच्छिउँ गरेको ३ देखि ८ घण्टासम्म हावामा, तामामा ४, कार्डबोर्डमा २४ घण्टासम्म एवं प्लास्टिक र स्टिलमा २ देखि ३ दिनसम्म, अर्काे अध्ययनमा ९ दिनसम्म जीवित रहनसक्छ । तर, दुवै अध्ययनमा भाइरस ६२ देखि ७१ प्रतिशत इथानोल, ०.५ प्रतिशत हाइड्रोजन पेरोअक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइटले १ मिनेटमा निष्क्रिय हुन्छ । तथापि, सूर्यको प्रकाश, ताप, चिसो आदिले कति प्रभावित गर्छ भन्नेमा अध्ययन जारी छ ।

मौसमी रुघाखोकी र कोरोना
कोरोनामा रुघाभन्दा बढी सुक्खा खोकी लाग्छ । १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ । रुघाखोकीको सर्नेदर कोरोनाभन्दा निकै कम हुन्छ र रुघाखोकीले बालबालिका, गर्भवती, वृद्धवृद्धा तथा पहिलेदेखि नै स्वास्थ्य समस्या भोगिरहेकालाई बढी असर गर्छ भने कोरोनाले हालसम्म बालबालिकालाई धेरै असर गरेको देखिँदैन । खोकी, ज्वरो, घाँटी अलि कसिएको, भारी भएको, थकान महसुस लक्षण कोरोनाको शंका गर्न सकिन्छ । मृत्यृदर व्यक्तिको उमेर, स्वास्थ्य र स्वास्थ्य सेवा प्रणाली, पहुँच—परीक्षण र उपचारको आधारमा पनि निर्भर छ । लन्डनको इम्पेरियल कलेजको आँकलनमा ८० वर्षमाथिका व्यक्तिमा औसत मृत्यृदरभन्दा १० गुणा बढी र ४० वर्षभन्दा कम उमेरमा कम छ । चीनको खोजमा मधुमेह, उच्च रक्तचाप, श्वास प्रश्वासको समस्या र मुटुको समस्या भएकामा मृत्यृदर ५ गुणा बढी देखिएको थियो ।

मृत्यृ भएकामा खोप नलगाएका
वैशाख २१ पछि साढे २ महिनापछि फेरि मृत्यु हुन थालेको छ । खोप नलिएका र जटिल दीर्घरोग भएकामा कोभिड संक्रमण घातक र मृत्युको कारक देखिँदैछ । साउनयता मृत्यु भएकामा ६ जना खोप नलगाएका तथा एक जना एक मात्रा मात्र लिएका तर क्यान्सर, दम, उच्च रक्तचापजस्ता दीर्घरोगबाट पीडित ७२ वर्षीया महिला थिए । सामान्य स्वास्थ्य स्थिति भएका र आवश्यक मात्रामा खोप लिइसकेकामा लक्षण सामान्य देखिन्छ र मध्यम वा कडा लक्षण देखिए पनि केही दिनमै निको भइरहेका छन् । आईसीयूमा भर्ना हुने प्रायः दीर्घरोगी नै छन् । पूर्ण खोप, बुस्टर मात्रा समेत लगाएका तथा स्वस्थ जीवनशैली र औषधि लिइरहेका मधुमेह, उच्च रक्तचापका रोगीमा पनि संक्रमण भए पनि बढी जटिलता देखिएको छैन । आईसीयूमा राख्न परे पनि भेन्टिलेटरमा राख्न परेको छैन ।

पहिलो लहर दैनिक ६ हजारसम्म संक्रमित र ४३ जनासम्मले ज्यान गुमाएका थिए । जसमा दीर्घरोगी र ज्येष्ठ नागरिक नै उच्च जोखिममा परेका थिए । तथापि, अन्य देशको तुलनामा नेपालमा कम मानवीय क्षति भयो । खोप विकासकै क्रममा थियो र एक मात्र निर्विकल्प जनस्वास्थ्यको मापदण्ड नै थियो । दोस्रो लहर भारतीय भेरियन्टमा नेपालको स्वास्थ्य प्रणाली ध्वस्त, शैया अभाव, एम्बुलेन्सका बिरामी फिर्ता, भर्ना अस्वीकार, अक्सिजनको हाहाकारका साथै निरोगी वयष्कहरूलाई सबैभन्दा बढी प्रभावित पारेको र बाटामै बिरामीको मृत्यृ भएको अनगिन्ती घटना थिए । अधिकांश निमोनिया हुने र भर्ना तथा मृत्यु हुनेमा खोप नलगाएका तथा लगाउन नमानेका थिए । अस्पतालका विशेष टेकु अस्पतालको आकस्मिक कक्षमा महामारीमा होमिरहेका स्वास्थ्यकर्मी तथा युद्धमा लडाकु ढलेजस्तै बिरामीहरू जीवनसँग लडिरहेका तथा ढलिरहेका देखिए । जुन बेला दैनिक २ सय ४६ जनासम्मको मृत्यु भएको थियो ।

तेस्रो लहर दक्षिण अफ्रिकन भेरियन्ट ओमिक्रोनको उदयसँगै भयो । खोप धेरैले पाइसकेका र दक्षिण अफ्रिकामा गम्भीर नभएकाले विश्व स्वास्थ्य संगठन र पाश्चात्य देशले भनेजस्तो सुनामी नेपालमा आएन । संक्रमित पहिलेको लहरभन्दा अत्यधिक भए पनि भर्ना र मृत्यु कमै रह्यो । रुघाखोकीजस्तो सामान्य संक्रमण र लक्षण मात्र रह्यो । चौथो लहरमा ओमिक्रोनकै उपप्रजाति मिक्सड अप हाइब्रिड भाइरसहरू नै भएकाले दोस्रो लहरजस्तो प्रभाव देखाउँदैन । खोपको दायरा बढी भएकाले तेस्रो लहरकै मोडेलमा अन्य लहर जानसक्ने अनुमान गर्न सकिन्छ ।

स्वस्थ रहन, संक्रमण रोक्न र सञ्जाल तोडन, विस्तार न्यूनीकरण गर्न जनस्वास्थ्यका मापदण्ड पालना तथा उपलब्ध खोप लिन राज्यभन्दा धेरै नागरिक बढी जिम्मेवार हुनुपर्छ

तुलनात्मक रूपमा स्वास्थ्य उपचारको पूर्वाधार पहिलो, दोस्रो लहरभन्दा धेरै बलियो भएको छ । देशभर ८ सय आईसीयू, १ हजार २७ भेन्टिलेटर, १ सय ३२ अक्सिजन प्लान्ट र १५ हजार बढी अक्सिजन सिलिन्डर छन । तथापि, लाखौं खोप म्याद सिद्धिएर खेर गए । तीव्र संक्रमण फैलिए यी पूर्वाधार र जनशक्ति अपर्याप्त नै छन् । स्वस्थ रहन, संक्रमण रोक्न र सञ्जाल तोडन, विस्तार न्यूनीकरण गर्न जनस्वास्थ्यका मापदण्ड पालना तथा उपलब्ध खोप लिन राज्यभन्दा धेरै नागरिक बढी जिम्मेवार हुनपर्छ ।

साबुनपानीले हात धोए जोखिम कम
फोहर हात हुँदा कोभिड–१९, मौसमी रुघाखोकी, झाडापखाला, सिगेला, हैजा, जुका—चुर्ना, निमोनिया, टाइफाइड, क्षयरोग, छाला, श्वास प्रश्वास र आँखासम्बन्धी पनि थुप्रै प्रकारका रोग सर्ने तथा लाग्ने गर्छ । हात धुँदा ३५ प्रतिशत सिगेलाले हुने झाडापखाला रोक्न सकिन्छ । हातको सरसफाइ आफैंले लिनसकिने एक प्रकारको खोप हो । भाइरसको संक्रमणबाट जोगिने पहिलो प्राथमिकता, सबैभन्दा राम्रो र प्रभावकारी उपाय नै नियमित साबुनपानीले मिचिमिची हात धुनै नै हो भनेर विश्व स्वास्थ्य संगठनले भनिरहेकै छ । घर, विद्यालय, कार्यालयलगायतका सार्वजनिक स्थानमा सहज उपलब्धता गराउन जरुरी छ । साबुनपानीको बेवास्ता वा सन्देश पु-याउन नसकिएको के हो । हारालुछ त साबुनको हुनपर्ने हो । मास्क, स्यानिटाइजेर दशांै गुणा महँगो मूल्य तिरेर खरिद गर्दा पुरुषार्थजस्तो ठान्न भएन । तथापि, प्रयोग नगर भन्न खोजिएको होइन । विभिन्न स्थान एवं वस्तुलाई छोइएको हुन्छ । उक्त हातले आँखा मिच्ने वा मुखतिर लग्ने गर्दा संक्रमण हुन्छ । तसर्थ, कुनै वस्तु छोइसकेपछि मिचिमिची साबुनपानीले हात धुनपर्छ । यदि, पानी छैन भने मात्र स्यानिटाइजेर प्रयोग गर्न सकिन्छ तर स्यानिटाइजर प्रयोग गरी आगो वा ग्याँस नजिक जानहँुदैन । अन्यथा, आगो लाग्ने र पोल्ने सम्भावना रहन्छ ।

रोकथाम
हातलाई खोक्दा, हाच्छिउँ, बिरामीको स्याहार, चर्पी प्रयोग, हात फोहोर देखिए, बाहिरबाट घर आए, जनावर वा जनावरको फोहोर छोएपछि साबुनपानीले धुने वा हातमा अल्कोहलजन्य स्यानिटाइजर दल्ने । खोक्दा नाक र मुख टिस्यु पेपर वा कुहिनाले छोपौं । यदि, हातले छोपे तुरुन्तै हात धोऔं , रुमाल भए सफा गरांै । चिसो वा रुघाखोकीको लक्षण भएकाको सामाजिक दूरी १ देखि २ मिटर निकट सम्पर्कबाट बचांै । व्यक्तिगत सामान जस्तैः कलम, माउस, कपडा आदि नबाँड्ने, भिडभाडमा नजाने, आँखा, नाक, कान र मुख नछुने, छुनैपर्ने भए देब्रे हातले छुने गरांै । मासु र अन्डा पकाएर खाऔं । खानेकुरा र अति आवश्यकीय औषधिको भण्डारण गर्ने । यदि, महामारी भइहाले जरुरी पर्छ । जंगली वा पालिएका जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं । घरमै आराम गर्दा ठिक नभए, गाह्रो हुँदै गए तथा श्वास प्रश्वासमा समस्या भए स्वास्थ्य सल्लाह लिने र स्वास्थ्य संस्थामा सम्पर्क गरौं । अहिलेको स्थितिमा सरकारले के ग¥यो भन्दा पनि हामीले के गर्न सक्छौं भन्ने कुराले महत्व राख्छ । रोग पैmलिएपछि के गर्नेभन्दा पनि यसलाई पैmलिन नदिन सतर्कता अपनाउनुको विकल्प छैन । तसर्थ, निकासका लागि खोप लगाऔं , रोग प्रतिरोधी क्षमता बढाऔं र दैनिक व्यवहार र आनीबानी स्वास्थ्यमैत्रीमा बदलौं ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार