म्याग्दीमा पहिरोले घर बगाउँदा दुईको मृत्य, तीन जना वेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मत्यु र तीन जना वेपत्ता भएका छन् ।

घामबहादुर बिक र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिनुभयो । घटनास्थलमा रहनुभएका तारा रोकाका अनुसार गोठे बिकका छोराहरु राजन र नविनको शव भेटिएको छ । त्यस्तै ५ वटा खच्चड र अन्य खाद्यान्न समेत पहिरोले बगाएको छ ।

गोठे र उहाँकी श्रीमति गोरी बिक पहिरोमा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक वेपत्ता भएका हुन् । स्थानीयबासीहरुले वेपत्ताको खोजी गरिरहेका छन् । घटनास्थल तामिङ गाउँ रुमको फेदीमा पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 360 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा एमालेबाट पाँच जना सिफारिस