लागु औषधसहित ५ जना प्रहरीको नियन्त्रणमा


चुरे / मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्दै ५ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पदमपोखरी र जिल्लाप्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १२ सोल्टी चोक बस्ने बर्ष २४ को गोरे भाई भन्ने अमित लामाको घरमा तलासी गर्दा वनरेक्स फेला पारेको हो ।

दानाको बोरा भित्र प्लाष्टिकको झोलामा लुकाई राखेको अबस्थामा लागु औषध सहित लामालाई नियन्त्रणमा लिएको हो । उनको घरबार १०० मिलीको १४८ बोतल फेला पारेको प्रहरीले बताएको छ । उक्त लागु औषध र लामा माथि अनुसन्धान भईरहेको प्रहरी प्रहक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

यसैगरी प्रहरीले लागु औषधको १३ बोतल सहित ४ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा ४ चिल्ड्रेनपार्क स्थित चौतारी होटलबाट ४ जनालाई नियन्त्रणमा लिएको हो ।

हेटौंडा २ बस्ने ४९ वर्षिय राजेश श्रेष्ठ, हेटौंडा ४ बस्ने ५४ वर्षिय रामकाजी श्रेष्ठ, हेटौंडा १३ बस्ने २६ वर्षिया आहाना भन्ने अल्बिना तामाङ, र हेटौंडा १२ घर भई हेटौंडा ११ मा डेरा गरी बस्ने २५ वर्षिया ईशा घलानलाई नियन्त्रणमा लिएको हो । उनीहरु मध्ये राजेश श्रेष्ठको साथबाट लागु औषधको १३ बोतल फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त लागु औषधको ’boutमा सोधपुछ गर्दा उनीहरु चारै जना मिलि ल्याएको भन्ने बयान दिएपछि सबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।

यसैगरी प्रहरीले भन्सार छलि ल्याएको अबैध कपडा र व्यक्ति नियन्त्रणमा लिएको छ। प्रहरीले हेटौंडाको रातोमाटे चौकीमा जाँच गर्दा अबैध कपडा फेला पारेको हो । हेटौंडा १५ रातोमाटे चेक पोईन्ट सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आंउदै गरेको बा ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई रोकी जांच गर्ने क्रममा बसको डिकी र छतमा ७ बोरा विभिन्न प्रकारको कुर्ता सुरुवाल तथा साडीहरु फेला पारेको हो ।

कुर्ता सुरुवाल ५८ पिस, साडी २९३ पिस, र सेन्डो गन्जी ३०० पिस फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कपडा ल्याउने व्यक्ति भने पहिचान भएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार