काठमाडौं सर्ट फिल्म फेस्टामा आमा उत्कृष्ट

काठमाडौं । छोटा चलचित्रको प्रवर्धन गर्ने उदेश्यले हुँदै आएको काठमाडौं सर्टफिल्म फेष्टा २०७९, छौटौं संस्करणमा चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । मँगलबार काठमाडौंमा सम्पन्न भएको यो फेस्टिबलमा हिमाल उप्रेती निर्देशित ‘आमा’ उत्कृष्ट भयो । निर्माता भुपेन्द्र कुमार खड्काले आमाबाट उत्कृष्ट चलचित्रको अवार्ड थापे ।

बागमती प्रदेशका सांसद लक्ष्मण लम्साल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थालगायतले बिजेतालाई अवार्ड प्रदान गरे ।

छायाँछबि क्रियसनले आयोजना गरेको यो महोत्सबमा २५ चलचित्र सहभागी थिए । जस मध्य चलचित्र ‘पैसा’ बाट रमेश कोइरालाले उत्कृष्ट निर्देशकको प्राप्त जिते सर्ट फिल्म ‘लड डाउनको पीडा’ बाट विष्णु प्रसाद काप्री (मुस्कान)ले उत्कृष्ट अभिनेताको र सर्ट फिल्म ‘द डटर’ सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको क्रिटिक्स अवार्ड हाँसिल गरे । लघु चलचित्र ‘पैसा’ बाट सुनिला इन्करेजमेन्ट अवार्ड पाईन् ।

बागमती प्रदेशका प्रदेश साँसद लक्ष्मण लम्सासले नेपालका लघु चित्रले अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा लोकप्रियता हाँसिल गर्दै आएको बताए । नेपाली चलचित्र क्षेत्रमा लगातार दुई दशकभन्दा बढी योगदान दिने कलाकारलाई राज्यले विधावारिधीबाट सम्मान गर्नुपर्ने पनि उनले जिकिर गरे ।

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले छोटा चलचित्रलाई व्यबस्थित गरेर प्रदर्शनमा ल्याउनु पर्ने सुझाब दिए ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले यस्तै महोत्सबका कारण छोटा चलचित्रको निर्माण क्रम फस्टाएको बताए । यस्तै कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले नेपाली छोटा चलचित्र अन्तराष्ट्रिय स्तरमा लोकप्रिय हुनु आफुहरुको लागि गर्वको कुरा हो भने ।

आयोजक तथा कार्यक्रमका सभापति छायाँछवि क्रियसनका अध्यक्ष शान्ति प्रियले छोटा फिल्मले पनि प्रथामिकता पाउनुपर्ने र त्यसले पनि समाजमा राम्रो प्रभाव पार्नसक्छ भन्ने सन्देश दिदै त्यसका श्रष्ठालाई सम्मान तथा प्रोत्सानका लागि नियमित रुपमा आफुले काठमाडौं सर्टफिल्म फेष्टा आयोजना गर्दै आएको बताए ।

काठमाडौं सर्ट फिल्म फेस्टाको निर्णायकमा अभिनेताहरु गजित बिष्ट, सागर घिसिङ, आयुव केसी, मोडल सुदीप श्रेष्ठ, हेरुका लामा, सुशिला थापा, पत्रकार कुबेर गिरी थिए ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार