काठमाडौं । सरकारले आगामी मंसिर ४ गते आईतबार एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मंसिर ४ गते आईतबार गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो । यसअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन दुई चरणमा भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)