सुन चाेरीमा संलग्न व्यवसायी धनगढी प्रहरीमा


धनगढी । बुधबार काठमाडौंबाट भारतको मुम्बईमा जान लागेकाबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायीलाई कैलाली ल्याइएको छ ।

बिहीबार विहान सुनचाँदी व्यवसायी सन्तोष लामिछानेलाई ल्याएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लामिछानेले करोड बढी मूल्य बराबरको सुन चोरीमा संलग्न रहेको ‘क्लू’ प्रहरीले पाएको कैलाली प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । लामिछानेले भारतबाट सुन चोरी गरी नेपाल ल्याएर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए। ‘अहिले पूर्णतया अनुसन्धान सकिएको छैन । विस्तृत पछि खुल्छ’ उनले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, सुदूरपश्चिमका सभापति समेत रहेका लामिछाने र उनकी पत्नीलाई मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ गरिएको थियो। बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई उड्न लागेको नेपाल एयरलायन्सको विमान प्रहरीको विशेष ब्यूरोले रोकेको थियो ।

धनगढीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि ठगीको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको थियो । उनलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एक टोली कैलालीमा नै खटिएको थियो । लामिछानेको धनगढी उपमहानगरपालिका–२ मा सौगात सुनचाँदी नाम गरेको पसल छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी