अवरुद्ध कर्णाली राजमार्ग खुल्याे, जुम्लाकाे त्रिवेणी टाेप्ला सडक खण्डमा पहिराे पन्छाइदै

जुम्ला । जुम्लाकाे भेरिखाेला क्षेत्रमा पर्ने त्रिवेणी टाेप्ला सडक खण्ड अवरुद्ध भएकाे छ। गत मँगलबारकाे अविरल वर्षा सँगै ताताेपानी ७ काे पातरसाँगु र तातोपानी ८ काे काठेसाँगुमा पहिरा खस्दा सडक अवरुद्ध बनेकाे हाे।

सडक डिभिजन जुम्लाका अनुसार पातरसाँगु काे पहिराे पन्छाइएकाे छ। तातोपानी ८ काे काठेओडारकाे पहिराे पन्छाउन सुरु गरिएकाे सडक डिभिजन जुम्लाका सव इन्जिनिर विरेन्द्र रावलले जानकारि दिएका छन्।

तातोपानी काे भेरिखाेला क्षेत्रमा सवारी साधन आवतजावत राेकिएकाे छ। अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएकाे छ। कालिकाेटकाे सुनारखाेलामा विहान ८ बजे पहिराे खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएकाे थियाे। विहान १० बजे अवरुद्ध राजमार्ग सुचारु भएकाे सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार