रेलचालक ‘डिप्लोमा पास’ हुनुपर्ने

काठमाडौं । सरकारले रेलचालक तथा सहचालक बन्न उमेरसमेत ताकेर सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान राखेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९’ अनुसार चालक तथा सहचालकको उमेर २१ वर्ष पूरा भई ४० ननाघेको हुनुपर्नेछ ।

चालक–सहचालक बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल विषयमा ‘डिप्लोमा उत्तीर्ण र रेल चलाउन योग्यताको प्रमाणपत्र प्राप्त’ हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।

– ४० वर्ष नकटेको हुनुपर्ने

– मापसे गरे रेल चढ्न बन्देज

सरकारले सुरुमा रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चालक बन्न माध्यमिक तह पास गरेको र पाँच वर्ष सहचालक भएर काम गरेको हुनुपर्ने व्यवस्था गरे पनि संशोधन गरिएको हो ।

विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक अनुमतिपत्र प्राप्त व्यक्तिका लागि पनि कानुनी व्यवस्था गरिएको छ । ऐनअनुसार विदेशी राष्ट्रबाट अनुमतिपत्र प्राप्त भए, त्यस्ता व्यक्तिले रेल चलाउन आवश्यक कागजी प्रक्रिया पूरा गरी निवेदन दिएमा आवश्यक दस्तुर लिई ऐनबमोजिम अनुपति पत्र दिन सक्नेछन् ।

रेल चढ्न मापसे निषेध
मादक पदार्थ सेवन गर्नेले रेलयात्रा गर्न नपाइने भएको छ । ऐनको दफा २४ मा ‘यात्राका लागि इन्कार गर्न सकिने’ व्यवस्था गरिएको छ । जसमा ‘मादक पदार्थ वा लागूऔषध सेवन गरेका कारण निजलाई यात्रामा समावेश गराउँदा निजबाट रेलमा अशान्ति मच्चिने वा अन्य यात्रुलाई हानि–नोक्सानी वा असुविधा उत्पन्न हुन सक्ने सम्भावना भएमा यात्रा गर्न इन्कार गरिने’ उल्लेख छ ।

नियमअनुसार ‘कुनै व्यक्तिले रेलयात्रा गरेको पाइए टिकट जाँचकीले निजलाई जुनसुकै बेला नजिकको रेल्वे स्टेसनमा रेलबाट ओराल्न सक्नेछन् ।’

टिकटबिना रेलयात्रामा रोक
सरकारले टिकट नलिई रेलयात्रा गर्न नपाइने व्यवस्था गरेको छ । यात्रुले टिकट वा अधिकारपत्र नलिई रेलवे प्लेटफर्ममा प्रवेश वा रेलयात्रा गर्न नपाउने जारी ऐनमा व्यवस्था छ । रेलबाट यात्रा गर्न चाहनेलाई यात्राबापत लाग्ने भाडा बुझाएपछि रेलवे बोर्डले टिकट जारी गर्नेछ ।

नेपालमा अहिले जयनगर–जनकपुर खण्डको ३४.९ किलोमिटर खण्डमा रेल सञ्चालन भइरहेको छ । सरकारले थप १७ किलोमिटर विजलपुरा खण्डसम्म रेल चलाउने तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी