उपत्यकाका सहरमा भुस्याहा कुकुरको बिगबिगी

ललितपुर । काठमाडौं उपत्यकाका सहरी क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिकासहित उपत्यकाका विभिन्न नगरपालिकामा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो । सवारीसाधन र मानिसको आवातजावत कम हुने समयमा ती भुस्याहा कुकुरको गतिविधि बढ्ने गरेको छ ।

हिँडिरहेको मान्छेलाई झम्टिन खोज्ने, मोटरबाइक या गाडीको पछिपछि लागेर दुःख दिने समस्या भोग्न सबै जसो बाध्य छन् । ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्यले भुस्याहा कुकुर नियन्त्रणका लागि प्रयास धमाधम भइरहेको बताइन् । कुकुर बन्ध्याकरणको अभियान चलिरहेको छ, उनले भनिन्, ‘नगर प्रहरीसहित त्यस्ता कुकुर नियन्त्रणका लागि महानगरले एउटा विद्युतीय सवारीसाधनकै व्यवस्था गरेको छ । महागरपालिकाका प्रवक्ता राजु मर्हजनले अहिले सडक खाली हुँदा भुस्याहा कुकुरको प्रभाव बढी देखिने बताए ।

अत्यावश्यक सेवाका सामग्री लैजाने सवारीसाधन, मोटरसाइकल, अत्यावश्यक काममा हिँडेका पैदल यात्रीलाई भुस्याहा कुकुरले दुःख दिइरहेका छन् । सडकमा तैनाथ भएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई समेत भुस्याहा कुकुरले दुःख दिने गरेको पाइएको छ । ‘हामी डियुटीमा खटिएर बसेका बेला पनि भुस्याहा कुकुर सडकमा धेरै देखिएको छ, सुनाकोठी चिवहालमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘बाटोमा कुनै गाडी गुड्दा दौडिन्छन्, हामीहरूलाई पनि त कहिँले काँही झम्टिने प्रयास गर्छ ।

गोदावरी नगरपालिकाको ठेचो, चापागाउँ, लेले, टौखेल, गोदावरीलगायतका स्थानमा भुस्याहा कुकुर धेरै छन् । पछिल्लो महिना मात्र करिब ६ सय भुस्याहा कुकुरको बन्ध्याकरण गरिएको छ । कुकुरको टोकाइबाट हुन सक्ने सम्भावित जोखिम मध्यनजर गर्दै गोदावरी नगरपालिकाले नगरभित्रका तीनवटा स्वास्थ्य संस्थामा कुकुरको टोकाइबाट लाग्ने रेबिजविरुद्धको सुई निःशुल्क गरेका हुन् । बज्रबाराही चापागाउँ अस्पताल, बाँडेगाउँ प्राथमिक स्वास्थ्यकेन्द्र, लेले हेल्थपोस्टमा निःशुल्क व्यवस्था गरिएको हो । मेयर गजेन्द्र मर्हजनले भने, ‘यो सेवा सुरु भएर धेरै जना लाभान्वित भएका छन् ।

बिहानबेलुका झुन्ड भएर बस्ने कुकुरले झम्टने, लखेट्ने तथा कराएर होहल्ला गर्ने गर्छन् । ललितपुर महानगरका सुनाकोठी, ढोलाहिटी, सातदोबाटो, गोदावरी नगरपालिकाको ठेचो, चापागाउँमा बढी बिगबिगी छ ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा