केन्द्र, ७ प्रदेश र ७७ वटै जिल्लामा ‘निर्वाचन सेल’

काठमाडौं । सरकारले आगामी ४ मंसिरका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मिति तोकेपछि नेपाल प्रहरीले सुरक्षाका लागि रणनीति बनाउन आन्तरिक तयारी थालेको छ ।

निर्वाचन मिति तय गरिएलगत्तै सुरक्षा तयारी अघि बढाएको प्रहरी प्रधान कार्यालयले ‘सुरक्षा योजना’ बनाउन केन्द्रीय तहदेखि प्रदेश र जिल्लामा निर्वाचन सेलको ‘मोडालिटी’ बनाएको हो ।

चुनावी सुरक्षा रणनीति

नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले केन्द्रदेखि प्रदेश र जिल्लासम्म नै निर्वाचन सेल गठन गरेको छ ।

केन्द्रमा रहने केन्द्रीय निर्वाचन सेलको नेतृत्व प्रहरी प्रधान कार्यालयले कार्यविभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापालाई दिएको छ । उनी नेतृत्वमा रहने केन्द्रीय निर्वाचन सेलले देशभरको सुरक्षा अवस्था विश्लेषण गर्दै आवश्यक तयारीका लागि जिम्मेवारी सम्हाल्नेछ ।

प्रदेशगत र जिल्लागत रूपमा निर्वाचन सेल गठन गर्नसमेत पत्राचार गरिसकेको प्रधान कार्यालयले सोमबार प्रदेशस्तरीय निर्वाचन सेल र जिल्ला तहमा पनि निर्वाचन सेल गठन गरेर चुनावी सुरक्षा तयारी गर्न सातै प्रदेश र ७७ जिल्लामा पत्राचार गरेको हो ।

थापा नेतृत्वमा रहने केन्द्रीय निर्वाचन सेलमा मानवस्रोत तथा प्रशासन, सञ्चार, कम्युटरलगायत अधिकृतसहित २५ सदस्य रहनेछन् । सेलले निर्वाचनका लागि आवश्यक पूर्वतयारी गर्नेछ भने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा योजना बनाउनेछ ।

यसरी बनाइने सुरक्षा योजना प्रधान कार्यालयले गृह मन्त्रालयमा पेस गर्नेछ भने मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार