अतिरिक्त रकम विद्यालय प्रशासनलाई नबुझाउँदा, ३ विधार्थी एस.ई.ई परीक्षा फारमबाट बञ्चित

सर्लाही। विद्यालय प्रशासनको चरम लापरवाहिको कारण तिनवटा विधार्थीहरुको भविष्य अन्योलमा परेको छ। सरकारी शुल्क भन्दा अतिरिक्त रकम विद्यालय प्रशासनलाई विधार्थीहरुले नबुझाउँदा विधार्थीलाई जानकारी नै नगराइ गोप्य रुपमा परीक्षा फारमबाट बन्चित गरेको पिडित विधार्थीहरुले गुनासो गरेको छ।

 एस.ई.ई परीक्षा भन्दा चार दिन अगाडि प्रवेशपत्र लिन आउँदा मात्र हामीहरुलाई परीक्षा फारमबाट बन्चित भएको ’bout थाहा भएको पिडित विधार्थीहरुले बताए। यो घटना सर्लाहीको सदरमुकाम नगरपालिका वाडा न. २ स्थित पब्लिक माध्यमिक विद्यालयको हो।

पब्लिक माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु कृष्ण कुमार साह, राहुल कुमार साह तथा आरती कुमारी साहले विद्यालयका लेखापाल दिपेन्द्र कुमार यादवलाई एस.ई.ई परिक्षामा सामेल हुनको लागि फारम भरी शुल्क बुझाईसक्दा पनि आफुहरुलाई प्रवेश पत्र नदिएको भन्दै विद्यालयमा अध्यनरत १०० भन्दा बढीको संख्यामा आक्रोशित विद्यार्थीहरुले विद्यालयको मुल गेट अगाडि टायर बालेर प्रदर्शन गर्नुको साथै लेखापाल यादवको पुतला दहन समेत गरेको थियो।

लेखापाल दिपेन्द्र यादवले सरकारी दस्तुर भन्दाबढी पैसा लिएर आफुहरु भन्दा पछाडि आएका विद्यार्थीहरुको फारम भरेर प्रवेशपत्र समेत वितरण गरिसकेको तर हामीले सरकारी दस्तुर भन्दा बढी पैसा उहाँलाई नबुझाकोले परिक्षा फारम भर्नबाट बन्चित हुनुपरेको पिडित विद्यार्थीहरुले आरोप लगाएका छन।

 हामीले मंसिरमै फारमका लागि पैसा बुझाउँदा ढिलो भयो अब भर्न मिल्दैन तर अतिरिक्त पैसा बुझाउने विद्यार्थीहरुको पुसमा पनि मिल्छ ,यो विद्यार्थीहरु प्रति ठुलो अन्याय भएको पिडित छात्रहरुले गुनासो गरे । पिडित छात्र कृष्ण कुमार साह र राहुल कुमार साहले लेखापाल यादवलाई २०७६ सालको एस.ई.ई परिक्षामा सहभागी हुन गत मंसिरमै फारम शुल्क बुझाइसकेको बताएका छन् ।

लेखापाल यादवको गैरजिम्मेवारीपुर्ण रवैयाले शुल्क बुझाउँदा पनि परिक्षा फारम भर्न नपाइ परिक्षामा सामेल हुनबाट बन्चित हुन परेकोले निजलाई कार्यवाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उदेश्यले विद्यालय अगाडि टायर तथा लेखापाल यादवको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको बताएका छन।

पिडित छात्र कृष्णका अनुसार गत वर्ष २०७५ सालको एस.ई.ई परिक्षामा दुईवटा विषयमा कम अंक आएकोले ग्रेड वृद्धिको लागि यसवर्षको परिक्षामा सहभागी हुन मंसिरमा लेखापाल यादवकै सल्लाहमा सम्पूर्ण विवरण सहित फारम दस्तुर उहाँलाई बुझाएका थियो तर चार दिन अगाडी परिक्षामा सहभागी हुनको लागि प्रवेशपत्र लिन जादा तिमीहरुलेको फारम भरेको छैन, कात्तिकमै फारम भर्नुपर्ने थियो ढिलो भयो अब अर्को वर्ष फारम भरेर परिक्षामा दिनु भनेर फर्काउनु भयो।

उता यस विषयमा लेखापाल यादवका अनुसार पहिला विद्यालयबाटै फारम भरिन्थ्यो तर अहिले भने सरकारको नयाँ निति नियम अनुसार अनलाइन फारम भर्न शुरु भएकोले फारम भर्ने समय अवधिको ’boutमा हामीलाई पनि जानकारी नभएकोले यस्तो भुल हुन गएको भन्दै गल्ति स्विकारेको छ। त्यसैले उहाँले अब अर्को वर्ष फारम भरेर परिक्षा दिनु भनेर बिद्ययार्थीहरुलाई फर्काएको लेखालाल यादवले जानकारी दिनुभयो।

त्यस्तै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामअधार कुशवाहाले घटनाको छानबिन गर्ने बताउनु भएको छ । परिक्षाबाट बञ्चित विद्यार्थीहरुले भने अनुसार नै प्रमाणित भए विद्यालयका सम्बन्धित व्यक्तिलाई आवश्यक कार्वाही गरिने समन्वय ईकाई अधिकारी कुशवाहाले बताउनुभयो ।

 

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी