ज्यान लिनेको धम्कीपछि बुलेट ‘प्रुफ गाडी’ खरिद

मुम्बई । बलिउड कलाकारलाई भूमिगत गिरोहले ज्यान लिने धम्की दिएपछि आफ्नो सुरक्षा मध्यनजर राख्दै उनीहरू धमाधम ‘बुलेटप्रुफ’ गाडी खरिदतिर लागेका छन् ।

अभिनेता सलमान खानदेखि ऋतिक रोशनसम्मले आफ्ना सुरक्षा मध्यनजर राख्दै ‘बुलेट प्रुफ’ गाडी किनेका हुन् । अब उनीहरू घरबाहिर निस्क“दा ती गाडीमा सवार गर्नेछन् ।

हुन पनि अभिनेता सलमानलाई ‘लरेन्स सिस्नोई गिरोह’बाट ज्यान मार्ने धम्की आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । हालै, उनलाई बन्दुक राख्ने अनुमतिसमेत दिइएको थियो ।

यसैक्रममा सलमानले आफ्नो सुरक्षा बृहत् व्यवस्था गर्दै ‘बुलेट प्रुफ’गाडी किनेका हुन् । रिपोर्टअनुसार उनले टोयोटा ल्यान्ड क्रुजरको ‘बुलेट प्रुफ’ गाडी किनेका छन् । जसको मूल्य करिब १ करोड ५० लाख भारु रहेको छ ।

टोयोटा ल्यान्ड क्रुजरले आफ्नो नयाँ मोडल सार्वजनिक गरेको छ । तर, यो भारतमा उपलब्ध छैन । सोही कारण सलमानले पुरानो मोडल किनेका हुन् । जसको सिसा उनले ‘बुलेट प्रुफ’ बनाएका छन् । सलमान अहिले अभिनेत्री पूजा हेगडेसँग फिल्म ‘कभी इद कभी दिवाली’को सुटिङमा व्यस्त छन् ।

त्यस्तै, प्रियंका चोपडा र जोनासले पनि आफ्नो सुरक्षा व्यवस्था कडा बनाएका छन् । बलिउडदेखि हलिउडसम्मको यात्रा गरिसकेकी पूर्वविश्वसुन्दरी प्रियंका र जोनाससँग पनि बुलेट प्रुफ गाडी छ ।

रिपोर्टअनुसार प्रियंकाको कारमा सबै सुरक्षा व्यवस्था मिलाइएको छ । उनलाई पनि यसअघि भूमिगत गिरोहबाट धम्की आएको थियो । केही वर्षअघि नै धम्की आएपछि प्रियंकाले ‘बुलेट प्रुफ’ गाडी लिएकी हुन् ।

अन्य कलाकारलाई ज्यान मार्ने धम्की आएकै बेला अर्का अभिनेता शाहरूख खानले पनि आफ्नो सुरक्षामा केही कडाइ गरेका छन् । हुन त, उनले पहिलादेखि नै आफ्नो सुरक्षामा तीन घेरासम्म तैनाथ गर्दै आएका थिए । विगतमा ज्यान लिने धम्की आएपछि उनले ‘बुलेट प्रुफ’ गाडी लिएका थिए । उनले यही गाडीभित्र सुरक्षित महसुस गर्दै आएका छन् । मुम्बईलगायत स्थानमा हुँदा उनी प्रायः बुलेटप्रुफ गाडीमै यात्रा गर्छन् ।

यता, अर्का अभिनेता आमिर खानलाई पनि बेलाबेला ‘अन्डरवल्र्ड’बाट ज्यान मार्ने धम्की नआएको होइन । त्यसैले उनीसमेत आफ्नो सुरक्षामा त्यत्तिकै गम्भीर छन् । आमिर जहाँ जान्छन् । उनी पहिला आफ्नो सुरक्षा अवस्था पूर्ण परीक्षण गर्छन् । सुरक्षा महसुस भएपछि मात्र त्यहाँ जाने गर्छन् ।

यसअघि, आफूलाई भूमिगत गिरोहबाट ज्यान मार्ने धम्की आएपछि अभिनेता आमिरले ‘बुलेट प्रुफ’ गाडी किनेका छन् । उनी पनि केही समययताबाट ‘बुलेट प्रुफ’ गाडीमा मात्र यात्रा गर्छन् ।

‘बुलेट प्रुफ’ गाडीमा यात्रा गर्ने अर्का अभिनेता ऋतिक रोशन पनि हुन् । अन्य अभिनेताजस्तै उनलाई पनि भूमिगत गिरोहबाट ज्यानको खतरा रहँदै आएको छ । त्यसैले उनले पनि आफ्नो सुरक्षाका लागि ‘बुलेटप्रुफ’ गाडी लिएका छन् । उनी धेरैजसो सोही गाडीमा यात्रा गर्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा के गर्न पाइदैन ?