विद्युत आपूर्ति कटौतीप्रति मोरङ ब्यापारसंघको आपत्ति

मोरङ, ५ चैत । उद्योगहरुको विद्युत आपूर्ति कटौती गरेको भन्दै मोरङ व्यापार संघले आपत्ति जनाएको छ । बुधबार मोरङ व्यापार संघले विद्युत आपूर्ति कटौती गरेको विषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् ।

संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको उद्योगी–व्यवसायीहरुको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायीले भोग्नु परिरहेको समस्याका ’boutमा जानकारी गराए । मुन्दडाले कोभिड–१९ को नकरात्मक प्रभाव मोरङ–सुनसरी कोरिडोका औद्योगिक–व्यवसायिक क्षेत्रमा पनि परिरहेको बताए । यस्तो समयमा रघुपति जुट मिल र रिलायन्स स्पिनिङ मिलजस्ता हजारौँ जनतालाई रोजगारी प्रदान गर्ने उद्योगमा विद्युत आपूर्ति कटौति गरीएको भन्दै असन्तुष्टि समेत ब्यक्त गरे ।

कोभिडको महामारीका कारण कच्चा पदार्थ अभाव हुनसक्ने भन्दै उनले यस क्षेत्रमा मात्रै सञ्चालनमा रहेका ६ सय उद्योगमा कच्चापदार्थको संकट आइपर्ने सम्भावनाप्रति मुख्यमन्त्री राईलाई अवगत गराए । मोरङ ब्यापारसंघका अध्यक्ष मुन्दडाले प्रदेश १ का दुई ठूला र खुल्ला नाकाहरु (विराटनगर र काँकडभिट्टा) लाई थप व्यवस्थित गर्न समेत आग्रह गरे ।

कच्चा पदार्थको पैठारीमा असहजता, निर्यातमा देखिएको कमि, व्यवसायमा देखिएको मन्दी आदिका कारण उद्योगहरुको उत्पादन क्षमतामा घट्दै जाँदा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने माग समेत गरे ।

भेटमा मुख्यमन्त्री शेरधन राईले संकटका बेला निजी क्षेत्रले पनि दायीत्वबोध गर्नुपर्नेमा जोड दिए । उनले सरकारले पनि निजी क्षेत्रले उठाएका जायज मागलाई सम्बोधन गर्ने बताए । ज्ञापनपत्र बुझाउन संघका पूर्व अध्यक्ष महेश जाजू, निर्वतमान अध्यक्ष पवन कुमार सारडा, उपाध्यक्षद्वय विकास कुमार बेगवानी, अनुपम राठीलगायतका उद्योगी–व्यवसायीहरु पुगेका थिए । बुधबार नै मात्र बक्यौता नतिरेको भन्दै विद्युत प्राधिकरण विराटनगर वितरण शाखाले विद्युत आपूर्ति बन्द गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाको उमेदवारी