आमनागरिकलाई प्रेरणा दिन सक्ने सही मार्ग पहिल्याउन जान्ने, सुझबुझ भएको राजनीतिक नेतृत्वले नै देशलाई प्रगतितिर डो¥याउन सक्छ । यसका लागि नेतामा तीक्ष्ण बुद्धि र साहस बढाउने माध्यमका लागि किताब र अध्ययनबिना सम्भव हँुदैन । हाम्रा पौराणिक पुस्तक भावगत गीता, रामायण, वेद, पुराण आदि किन नहुन् । तिनका अध्ययनले पनि सामथ्र्य बढाउँछ । नेताहरू अध्ययन, लेखन र बौद्धिक मन्थनको ख्यालै नगरी आप्mनै सुरतालमा भेटघाट दौडधुप षड्यन्त्र र भाषण गर्नमा मक्ख भएका मात्र भेटिन्छन् । यस किसिमका प्रवृत्तिबाट मुलुकले सुशासन र विकास पाउन सक्दैन ।
आजको अन्तर्राष्ट्रिय युगमा अन्तर्राष्ट्रिय सम्बन्ध’bout बुद्धिजीवी र नेताबीचको भिन्नता अपनाउनुपर्ने कुटनीतिक सम्बन्ध व्यवस्था सञ्चालन आदिको विवेचना पनि नभई हँुदैन । राजनीतिक नेतृत्वले पनि आपूmलाई सफल तुल्याउने हो भने अध्ययनलाई नै जीवनको अभिन्न अंग बनाउन जरुरी छ । यस विचारसित प्राचीन भारतका विद्धान् कौटिल्य पनि सहमत थिए । उनका ’boutमा सुजित मैनालीले आप्mनो लेखमा उद्धृत गरेका छन— प्राचीन भारतका राजनीतिशास्त्री कौटिल्यले विद्याश्रमको समाप्तिपछि पनि शासकले अध्ययनलाई निरन्तरता दिनुपर्छ । शासकको अध्ययन ढाँचा’bout उनले लेखेका छन्–उनीहरूले दिनको पहिलो भागमा हात्ती, घोडा, रथ र अस्त्रशस्त्रसम्बन्धी विद्या आर्जन गर्नुपर्छ, दिनको पछिल्लो भाग इतिहास पढेर, सुनेर बिताउनुपर्छ । इतिहासअन्तर्गत पुराण, विगत समयका वास्तविक घटनाको वर्णन, कथा उदाहरण (राजाहरूको जीवन चरित्र) धर्मशास्त्र (कानुन) पर्छन् । दिउँसो र राति बचेका बाँकी समय नयाँ ज्ञान आर्जन गर्ने र पहिला पढेर बिर्सिएका कुरालाई मनन चिन्तन गर्नुपर्छ । जुन कुरो एकपटक सुनेर पढेर सम्झिँदैन, त्यसलाई बारम्बार सुन्नुपर्छ, पढनुपर्छ । (कौटिल्य अर्थशास्त्र १।२।४।६)
नेताकै योग्यता र दक्षतामा तमाम देशको भाग्य गाँसिएको हुन्छ । नेताहरूको क्रियाकलाप र चरित्रको अनुशरण कार्यकर्ताले गर्छन् । यदि, नेताहरूले पार्टीका कार्यकर्तालाई निष्पक्ष, स्वतन्त्रताप्रेमी र स्वाभिमानी बनाउनुको बदला आप्mना झोले र पिछलग्गु बनाउँछन् भने त्यहाँ लोकतान्त्रिक संस्कारको विकास हुन सक्दैन । अनि, नेता विशेषका गुट उपगुटले माथिदेखि तल्लो निकायसम्म अनेकन व्यक्तिगत स्वार्थमा लुटपुटिरहेका हुन्छन् । यस्तै क्रियाकलापको परिणाम स्वरूप जनताका लागि आएका विकास बजेट, अरू अनुदान सहायता आदिसमेत कार्यकर्तााबीच बाँडचुड खाने प्रवृत्ति मौलाउँछ । यस्ता नेतृत्वहरूले आप्mना कार्यकताका गलत कार्य पर्दाफास भई कारबाहीमा परिहाले पनि ठूला नेताले बचाउने कार्य गर्दै आएका देखिन्छन् । यस्ता थुप्रै घटना नेपालका विभिन्न ठाउँमा घटिरहेको समाचार सुन्न पाइन्छ ।
नेताभन्दा नीतिको अनुशरण गर्ने राजनीतिक कार्यकर्ताको खाँचो छ । मुलुकको हितभन्दा व्यक्तिगत स्वार्थ र सत्ता लोलुपतामा फस्ने देशको हित कार्य नगर्नेहरूको बाहुल्य छ । मनि र मसलले तर्साएर चुनावलाई आप्mनो पक्कडमा राख्न खप्पिस कतिपय राजनीतिक दलका नेताहरू छन् । यिनले राजनीतिलाई केन्द्रबिन्दुमा राखी राजनीतिलाई स्वच्छ प्रणालीअनुरूप संस्थागत हुन दिइरहेका छैनन् । नागरिकलाई कर्मशील जागरुक र इमानदार बनाउनुको सट्टा स्वार्थी, छली र दास मनोवृत्तितर्फ धकेलिरहेका छन् । यो नै हाम्रा वर्तमान राजनीतिको जटिल रोग हो ।
नागरिक शिक्षाले एकअर्काको अधिकारको सदुपयोग र एकआपसमा मिलिजुली बस्न सिकाउँछ
वास्तवमा लोकतान्त्रिक राजनीतिक संस्कारबिना कुशल राजनीति र कुशल कार्यकर्ताको सम्भावना हँुदैन । सामाजिक न्यायको अवधारणाको व्यावहारिक रूप पनि त्यतिकै जरुरी छ । समानता स्वतन्त्रतालाई न्याय प्रणाली र व्यक्ति विशेषको विशेषाधिकार सुरक्षित हुँदै सार्वभौम नागरिकका अधिकार प्रवल रूपमा स्थापित गर्न नागरिक चेतना अपरिहार्य छ । नागरिकले आप्mना अधिकार र कर्तव्य प्रयोग गर्न नजाने विकासको गति पनि मन्द हुँदै जाने हुन्छ । नागरिक असल चरित्रबिना हरेक कार्यमा बाधा पुग्छ । नागरिक शिक्षाले एकअर्काको अधिकारको सदुपयोग र एकआपसमा मिलिजुली बस्न सिकाउँछ । यसरी, समाजमा आपसी सहयोग र सद्भावना साथ रहन नागरिकको चरित्र निर्माण हुन सके सबैलाई स्वीकार्य हुन्छ । राम्रो चरित्र निर्माण नभएमा त्यस्तालाई असल नागरिकले मन पराउँदैनन् । असल नागरिक चरित्र निर्माणको स्रोत भनेको नै नागरिक शिक्षा हो ।
हाम्रा नेताहरूका अनेकन झुटमुटका खेतीले तमाम नागरिकका चेतनालाई नै बोधो बनाइसकेका छन् । यदि, हाम्रा नेताहरू विवेकी र विषयगत ज्ञान भएका भए आमधारणामा परिवर्तन भई राजनीतिलाई क्रमशः सुधारोन्मुख मर्यादित बनाइसक्ने थिए । नेताहरू अध्ययनशील भएनन् । जनताका चासो बुभ्mने प्रयत्न गर्दैनन् । अन्तर्राष्ट्रिय घटना परिघटना’bout विश्लेषण गर्ने फुर्सदै छैन । दिनमा बचेको समय केही नयाँ पुस्तक पढ्न र बुभ्mने प्रयत्न कमैले गर्लान् । लेखपढ गरे कार्यकर्तामा पनि सकारात्मक चेतना अभिवृद्धि हुन्छ । अध्ययन गर्ने विषयका किताब पढ्ने आदत बसाल्नु राम्रो । अनि, पठन संस्कृति नेताहरूदेखि कार्यकर्ता समूहसम्म आउनुपर्छ ।
नागरिकको चरित्र निर्माणका लागि अन्तर सम्बन्धित विषयको ज्ञान पनि नभई हुँदैन । नागरिकले प्राप्त गरेका अधिकार र उसका आधारभूत मानव अधिकार सुरक्षित राखी स्वतन्त्र र समान आधारमा आपसी भ्रातृत्व र एकता कायम गराउनमा पनि नागरिक शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । हरेक नागरिक आप्mनो अधिकार कर्तव्य’bout सजग हुनु जरुरी छ । एकले अर्काको अधिकार हनन नहुने गरी आप्mनो अधिकार प्रयोग गर्न पनि नागरिक शिक्षाले नै सिकाउँछ । असल नागरिकको भूमिका जहाँ निर्वाह हुन्छ, त्यहाँका नेताको नेतृत्व पनि कुशल र पारदर्शी अनुभूत हुन्छ । यसर्थ, असल बन्नका लागि राजनीतिज्ञहरूले नागरिक शिक्षालगायत अन्य विविध विषयको अध्ययनलाई आप्mनो जीवनको अभिन्न अंग बनाउन सक्नुपर्छ ।
लेखपढ गरे कार्यकर्तामा पनि सकारात्मक चेतना अभिवृद्धि हुन्छ
हाम्रा अहिले कतिपय नेताहरू राजनीतिक संघर्ष पार गरेर आएका छन् । यस्ता नेताहरूले आपूmले चाहेको लक्ष्यसम्म पुग्न पनि नपढी, अध्ययन नगरी आपूmलाई सबल र सक्षम सावित गराउन सक्दैनन् । राजनीतिक प्रभाव बुभ्mन अन्तर्राष्ट्रिय राजनीतिक तुलना गर्न पनि अध्ययन चाहिन्छ । हाम्रा नेताहरूले पठन संस्कृतिप्रतिको मोह भुल्दै गए । तर, जीवनका हरपाटामा सफलताका लागि अध्ययनको जरुरत पर्छ । अन्तरदेशीय शासन पद्धतिका विषय होस् वा आर्थिक, सामाजिक, भौगोलिक, ऐतिहासिक विषयमा किन नहोस्, गहिरो अध्ययन चाहिन्छ । अध्ययनबिना हाम्रो चेतना बोधो हुन्छ । यसर्थ, हाम्रा नेताहरूले अध्ययन गर्नबाट नचुकून् भन्ने नै यस लेखको मनसाय हो ।
हुन त, हाम्रो लोकतन्त्र चुनावतन्त्र बन्न पुगेको छ । लोकतन्त्रमा बहुमतको शासन र अल्पमतको सम्मान भन्ने हो । तर, हाम्रो परिप्रेक्ष्यमा शासनमा पावर सेटिङ किङ मेकर बनेर सत्ता हत्याउने चलखेल गर्ने भएका छन् । यसरी, विचार र निष्ठा एकातिर खाली चुनावी भाषा र भाषणका पोका फोडेर झुटमुटका खेतीले भोट हत्याउने काम भएका छन् ।
राजनीतिक सिद्धान्त र निष्ठाका कुरा हुन् वा विचार आदर्शमा चल्ने राजनीति भनांै, व्यवहारमा सबै दल व्यक्तिगत स्वार्थ र दलगत सोचबाट माथि उठ्न सकेका छैनन् । अभैm ठाडो भाषामा भन्ने हो भने यिनका व्यवहार त विनाशकारी डोजरे विकास व्यापारी, दलाल संरक्षित नेताका अनुयायी बन्दै जनतालाई दुःख दिनेहरू नै मुखले भन्छन्– हामी जनताका अनुयायी हौं । आखिर लोकतन्त्रको विकल्प कुनै अर्को तन्त्र छैन । भोट हामीलाई नै हाल्ने हुन् भन्ने धारणा लिएर नेता कार्यकर्ता अल्झिएका छन् । यसर्थ, हामी सबैले सत्यलाई आत्मसात् गरी लोकतान्त्रिक संस्कार र संस्कृतिका रूपमा विकास गराउन नसक्दाका परिणाम हो यो । यसका लागि नेताहरूले आप्mना दललाई सिद्धान्त र कौशलको दरिलो बैसाखी टेकाएर अगि बढ्न सक्नुपर्छ । यसका लागि राजनीतिक दल र कार्यकर्तालाई विचार, निष्ठा, आदर्श र व्यवहारका सम्बन्धमा यथोचित प्रशिक्षण दिनुपर्छ । नागरिक चेतना, शासन व्यवस्था, अन्तरदेशीय राजनीतिक पद्धति आदि’bout नागरिक शिक्षाको माध्यमले प्रशिक्षण दिलाउन सकिन्छ ।
यसो हुँदा नै राजनीतिक नेता तथा कार्यकर्ता असल भूमिका निर्वाहतर्फ उन्मुख हुन्छन् । हरेक नेता तथा कार्यकर्तामा बौद्धिक सीप तथा समालोचनात्मक क्षमता पनि नभई हँुदैन । देशका सार्वजनिक सरोकारका विषय तथा सामूहिक भलाइका कार्यहरूमा सबै नेता तथा कार्यकर्ताको सक्रिय रूपमा सहभागी हुन जरुरी छ । नागरिक पनि अधिकार उपयोग गर्ने कर्तव्य पालना नगर्ने हुनुहँुदैन । सबैका लागि सही बाटो देखाउने शिक्षा नागरिक शिक्षा नै हुनुपर्छ ।
(लेखक शिक्षाविद् हुन्)