अमेरिका र बेलायतद्वारा ठूला आर्थिक राहत कार्यक्रम घोषणा

लण्डन। अमेरिका र बेलायत सरकारले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई जोगाउन ठूलो आर्थिक राहत कार्यक्रम घोषणा गरेका छन् ।
अमेरिकी अर्थमन्त्रीले १० खर्ब डलर बराबरको आर्थिक राहत कार्यक्रम ल्याउन लागिएको जानकारी दिएका छन् । बेलायतले कोरोना भाइरसको असरबाट प्रभावित व्यवसायहरूलाई उकास्न भन्दै करिब ४ सय अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्टीभ मनूशिनले झन्डै १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन आवश्यक विधेयक पारित गर्न आफूले छिट्टै कंग्रेसमा छलफल गर्ने जानकारी दिएका छन् ।

त्यसअघि द वाशिंगटन पोस्टले ट्रम्प प्रशासनले कोरोना भाइरसको महामारीसँग संघर्ष गर्नका लागि ८ सय ५० अर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागेको उल्लेख गरेको थियो । राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफ्नो सरकार भाइरससँग संघर्ष गर्न कडा रूपमा प्रस्तुत हुन लागेको बताएका छन् ।
उनले भने, ‘हाम्रो योजना ठूलो र कडा रूपमा अघि बढ्ने हो । हाम्रो देश बलियो छ, यति बलियो कहिले पनि थिएन । यो अदृश्य शत्रुका कारण हामी वायुसेवा वा अरू कुनै पनि व्यवसाय बन्द भएको र मानिसहरू बेरोजगार भएको हेर्न चहादैनौँ । जब कि चार हप्ताअघि सम्म स्थिति निकै राम्रो थियो ।’

कोरोना भाइरस अमेरिकाका ५० वटै राज्यमा फैलिसकेको छ भने १ सय १६ जनाको मृत्यु भइसकेको छ । विश्वभरी कोरोना भाइरसबाट दुई लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
बेलायतका प्रमुख अर्थमन्त्री रिशी सुनकले धराशायी हुन लागेका व्यवसायको राहतका लागि सरकारले झन्डै ४ सय अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेका छन् । युरोपका कारनिर्माताहरूले कोरोना भाइरस संक्रमणबीच सबै कारखानाहरू अस्थायी रूपमा बन्द गर्न लागेका छन् ।

युरोपेली संघ ईयूले कोरोनाभाइरस थप फैलिन नदिन आगामी ३० दिनसम्म अधिकांश बेलायत, स्विट्जरल्यान्ड र अन्य तीन देशबाहेक सबै विदेशीलाई आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाउने भएका छन् । युरोपको आपूर्ति व्यवस्था भने कायम रहने बताइएको छ । अहिले युरोप कोरोना भाइरस महामारीको नयाँ केन्द्रबिन्दु मानिएको छ । कोरोना भाइरसको महामारीबाट युरोपका इटली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा चुनावपछि पहिलो पटक गृह जिल्ला डडेल्धुरामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा ९९ हजार मतगणना हुँदा रेणु दाहाल ८७५६ मतले अगाडि