भष्ट्राचार र महङ्गी बिरुद्ध एमाले सडकमा


स्याङ्जा । प्रमुख प्रतिपक्षीदल एमाले सरकारले गरेको भष्ट्रचार र महङ्गी बिरुद्ध सडक आन्दोलन शुरु गरेको छ । गण्डकी प्रदेशका सबै स्थानीयतहका मुख्य बजारमा पालिका कमिटीको आयोजनामा बिरोधसभा सुरु गरेको हो ।

गठबन्धन सरकारले देश र प्रदेशमा भष्ट्रचार र महङ्गी बढाएको आरोप लगाउदै प्रतिपक्षीदल नेकपा एमालेले सडक आन्दोलनबाट बिरोध शुभारम्भ गरेको जनाएको छ । नेकपा एमालेको गण्डकी प्रदेश कमिटीको निर्देशन अनुसार नेकपा एमाले स्याङ्जाले पनि जिल्लाका ११ ओटै पालिकाका मुख्य बजारमा बिरोधका कार्यक्रम सम्पन्न गरेको छ ।

गण्डकी प्रदेश सरकारले जनताको भावना विपरीत मालपोत र सवारीकरमा लगाईको बृद्धिले प्रदेशका नागरिक मारमा परेको भन्दै सडक आन्दोलन गर्नुपरेको एमाले जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रेले बताए । जिल्लाका ११ ओटै पालिकाको आयोजनामा बिरोधका कार्यक्रम भएको उनले बताए । ‘अति बढ्यो महङ्गी र भष्ट्रचार, जनतामारा गठबन्धन यो सरकार’ भन्ने नारा सहित हातहातमा सरकारले गरेका विभिन्न निर्णयहरु फिर्ता गर भन्ने नेमप्लेट बोकेर कार्यकर्ताहरु बिरोध कार्यक्रममा सहभागी भएका थिए । मुख्यमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री राजीनामा दे, मालपोत र सवारीमा बृद्धि गरिएको कर फिर्ता गर, राष्ट्रघाती नागरिक विद्ययेक फिर्ता गर, भष्ट्रचारी गठबन्धनको अन्त्य गरौ जस्ता नारा बिरोधसभामा लगाईएको थियो ।

गठबन्धन सरकारका कारण नेपाली जनता चर्को महङ्गीको मारमा परेको भन्दै हरेक बिषयमा भएको मुल्यबृद्धि गर्नुपर्ने माग नेकपा एमाले स्याङ्जाले राखेको छ । ‘यो सांकेतिक बिरोधसभा मात्रै हो वालिङको विरोधसभामा सम्वोधन गर्दै एमाले सचिव डुम्रेले भने,‘मुलुकको राजनीतिलाई भागबण्डाको आधारमा संचालन गर्न पाइदैन ।’ नेतामुखी राजनीति होइन, जनमुखी राजनीति आजको आवश्यकता हो उनले भने । जनताले लडेर ल्याएको गणतन्त्रलाई सिध्याउने खेलमा गठबन्धन सरकार लागेको भन्दै यसको भण्डाफोर गर्नु जरुरी रहेको उनको भनाई थियो । नेकपा एमालेले भष्ट्रचार र महङ्गी बिरुद्ध पालिका, प्रदेश, क्षेत्र हुदै जिल्लास्तरीय कार्यक्रम गर्ने जनाएको छ ।

सरकार जनताको आवश्यकता भन्दा पनि नेता र पार्टीको व्यवस्थापनमा भुलेको आरोप एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रेले लगाएका छन् । बिरुवा गाँउपालिकाले आयोजना गरेको बिरोधसभामा बोल्दै अध्यक्ष गैह्रेले गठबन्धन सरकार विरुद्ध जनता जाग्ने बेला आएको बताए । जिल्लाका हरेक पालिकामा सयौको संख्यामा एमालेका अगुवा कार्यकर्ताहरु केन्द्रीय र गण्डकी प्रदेश सरकार विरुद्ध सडकमा आएको दावी एमाले स्याङ्जाले गरेको छ ।

गण्डकी प्रदेश सरकारले करमा बृद्धि गरेको बिरोधमा नेपाली काँग्रेस गण्डकी प्रदेशले पनि बिरोध जनाएको छ भने यातायात व्यवसायीहरुले सवारी कर फिर्ता गर्न आन्दोलन गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा