माधब नेपालले बिना बजेटको योजनाको शिलान्यास गरेर जनतालाइ उल्लु बनाए : प्रभु साह


रौतहट । नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधब कुमार नेपाललाइ अब रौतहटका जनतालाइ बेबकुफ नबनाउन सुझाब दिएका छन् । बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित लोकतान्त्रीक जनजाती आदीबासी महासंघको प्रथम जिल्ला अधिबेशनको उदघाटन गदै नेता साहले यस्तो बताएका हुन् ।

माधब कुमार नेपालले केही दिन अघि रौतहटको गौरमा आएर टाउन हल र बिवाह मण्डपको शिलान्यास गरेर जनतालाइ बेबकुफ बनाएको नेता साहको दाबी छ । बिना बजेट, बिना योजना चुनाबको मुखमा आएर नेकपा एसका अध्यक्ष नेपालले गौरमा टाउन हल र बिवाह मण्डबको शिलान्यास गरेको उनको आरोप छ ।

पुर्व सहरी विकासमन्त्री समेत रहेका साहले अब देखी यसरी जनतालाइ झुक्काउने काम बन्द गर्न सुझाब दिए । बरु माधब नेपाल सहितको यो गठबन्धनको सरकारले रौतहटको सयौ योजनाको बजेट काटेको नेता साहले बताए । रौतटहको बिकासका लागि आएको बजेट काटने नेपालबाट रौतहटका जनताले विकासको आशा गर्नु बेकार रहेको समेत पुर्व मन्त्री साहको भनाइ थियो । यो सरकारले स्मार्ट सिटीको कामहरु समेत बन्द गरेको उनले जानकारी दिए ।

अर्को सन्दर्भमा पुर्वमन्त्री साहले थारु,आदीबासी र जनजातीको उल्लेखिय जनसंख्या रहेको मधेश प्रदेशमा थारु तथा जनजातीबाट मधेश प्रदेश सरकारमा एकजना पनि मन्त्री नहुनु दुखद पक्ष रहेको बताए ।

जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादबलाइ प्रश्न सोध्दै भने “ मधेश प्रदेश सरकारमा एक जना पनि महिला मन्त्री नहुनुको कारण के हो ?”
उनले मधेश प्रदेश सरकार भ्रष्ट्रचारको दलदलमा बसेको समेत बताएका छन् । गठबन्धनको नाममा अनैतिक तथा ब्रहमलुट मात्रै भएको पुर्वमन्त्री साहको भनाइ रहेको छ ।

उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह,केन्द्रिय सदस्य तथा सह इन्चार्ज उद्धब रेग्मी लगायतले अबको निर्वाचनमा नेकपा एमालेलाइ जिताए मात्र देशमा बिकासले फडको मार्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार