कोरोना संक्रमणलाई ख्याल ख्याल नठानौं

अहिले दैनिक एक हजारको हाराहारीमा कोरोना संक्रमित थपिँदै गएका छन् । तैपनि, सर्वसाधारण नागरिकले कोरोना संक्रमणलाई गम्भीर रूपमा लिएको पाइँदैन । सार्वजनिक यातायातमा यात्रा गर्नेले मास्कसमेत नलगाएको दृश्यबाटै अनुमान गर्न सकिन्छ कि सर्वसाधारणले यसलाई कति हल्का रूपमा लिएका छन् भन्ने । कोरोना संक्रमणले महामारीको रूप नलिएसम्म चेत्नेवाला छैनन् । कोरोना संक्रमण कति भयावह छ भन्नका लागि धेरै टाढा जानै पर्दैन । हाम्रा आप्mनै अघिल्ला तीन वर्षका भोगाइ स्मरण गरे पुग्छ । यात्रा गर्दा वा भिडभाडजन्य कार्यक्रममा सहभागी हुँदा मास्क मात्रै प्रयोग गर्ने हो भने पनि यो संक्रमणबाट पार पाउन सकिन्छ । तर, आपूmलाई सचेत र संवेदनशील मान्ने वर्गले नै न्यूनतम सचेतना अपनाएको पाइँदैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकलाई नै आधार मान्ने हो भने पनि बुधबार ३ हजार ६ सय १४ जनाको नमुना परीक्षण गर्दा ८ सय ६८ जनामा कोरोना संक्रमण भेटिएको छ । प्रतिशतको आधारमा हेर्ने हो भने यो आपैंmमा भयावह स्थिति हो । यसको अर्थ कोरोना संक्रमणको स्थिति भयावह भइसक्यो भन्ने होइन । तर, स्वास्थ्य मापदण्ड पालनामा अहिले जस्तै हेलचेक्र्याइँ गर्ने हो भने स्थिति भयावह हुन खास समय लाग्दैन । कोरोना संक्रमण हाम्रा लागि नयाँ होइन । यसबाट जोगिने उपाय’bout पनि हामी सचेत छौं । नियमित हात धुने, सेनिटाइजर प्रयोग गर्ने र मास्क नियमित लगाउने हो भने पनि धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । यदि, हामी आपैंmले यी न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउने हो भने हामी आपैंm संक्रमणबाट टाढा रहन सक्छौं । कोरोनाको ग्राफ बढ्दै जाँदा हाम्रा चाडपर्वहरू पनि नजिकिँदै छन् । चाडपर्व नजिकिँदै जाँदा बजारमा भिडभाड पनि बढ्दै जान्छ । यो अवस्थामा संक्रमणबाट जोगिने उपाय भनेकै सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सावधानीका न्यूनतम उपायहरू अवलम्बन गर्नु हो । यस्ता नियम पालना गर्न नागरिकले कदापि पनि बिर्सन हँुदैन । कोरोनालाई खेलाँची ठान्दा त्यसले ज्यान पनि लिन सक्छ भन्नेमा प्रस्ट हुन जरुरी छ ।

स्वास्थ्य सावधानी नपअनाउनुमा एउटा कारण अधिकांश नागरिकले कोरोना संक्रमणविरुद्ध खोप लगाएकाले पनि हुन सक्छ । त्यसकारण उनीहरूलाई लागेको होला ‘खोप लगाएकाले कोरोना संक्रमणबाट बचिन्छ । खोप लगाउँदैमा संक्रमणबाट बचिन्छ भन्नेमा वैज्ञानिक आधार भेटिँदैन । दादुरा, हेपाटाइटिस बी, ठेउलालगायत कयौं संक्रमणका विरुद्ध हामीले खोप लगाएका छौं । तर पनि बेला बेलामा ती संक्रमणले हामीलाई सताएकै छ । यसैबाट बुझिन्छ, खोप लगाउँदैमा संक्रमणमुक्त हुन सकिँदैन । झन् कोरोना संक्रमणको त नयाँ नयाँ भेरिएन्ट पनि देखिँदै छ । संक्रमणका सन्दर्भमा जति नै व्याख्या विश्लेषण गरिए पनि यसबाट बच्ने उपाय भनेको स्वास्थ्य मापदण्ड पालना नै हो । आशा गरौं, त्रासदीपूर्ण विगतलाई स्मरण गर्दै आमसर्वसाधारणले फेरि एकपटक स्वाथ्य मापदण्ड पालना गर्नेछन् र कोरोना संक्रमणलाई समुदायस्तरमा फैलनबाट रोक्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार