चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस संसार घुम्दै केही मत्थर देखिए पनि रूपै बदलेर फेरि देखा पर्न थालेको छ । युक्रेनको भाइरस पुराण नसकिँदै फेरि चीनतिरैको ताइवानबाट अर्को पुराण सुरु हुन थालेको छ । दुवैतिरको मामलामा हाम्रो दौडधुप पनि बढेको छ, कतै खुल्लै पुराण नेटो समर्थित युक्रेन समर्थन कतै मौन पुराण परराष्ट्रको भन्न नहुने चालामाला बेइजिंगबाट निम्तो उतै सयर मन्त्रीज्यूको, एसपीपीको प्रसाद हो कि ? पत्र उता गइसक्या छ रे, यहाँ देखाउन मिल्दैन । सीसीटिभी फुटेज हुनुपर्नेमा पत्रकारहरूले फुटेछ भनेर लेखिदिए त के भयो । मन्त्रीज्यूको पुनरावृत्ति त भइसक्या छ । बजेट जति भ्mवामबहादुर । अरूलाई होइन । पहिले पाँच सिंह, अहिले जसपा थपिँदा छ सिंह । बालकोटका सिंहलाई जिल्ल पार्ने प्रयास । बालकोटको धम्की आपूm हारे देश हार्ने, यही मंसिरमा अर्को बडादशैं, अर्थात् यो वर्ष ४ वटा दशैं–चैते, बैसाखे, असोजे र मंसिरे । देशमा सकसै सकस छ । अब, यसपालिको गाईजात्रे भाइरस पुराण सुरु हुन्छ । पुष्पाञ्जली लिनलाई पूmल छैन, पेटमा हाल्ने चामल छैन । हातमा अक्षता कहाँबाट लिने ? धर्म, संस्कृति चकनाचुर पारिसकिएकाले अबिर, केसरी कहाँ पाउने ? गरिबी र बेरोजगारीको मारमा पर्दा सुकासुकी पनि हातमा नभएकाले रित्तै हात जोडेर प्रार्थना गर्दै पुराण श्रवण गरौं ।
प्रताप मल्लले देशमा एकदिने गाईजात्राको चलन चलाए । आधुनिक युगमा प्रवेश गरेसँगै हामीकहाँ दिनदिनैको गाईजात्रा छ । श्री ३ को गाईजात्रामा श्री ५ हरू ओइलाए । श्री ३ पछि श्री ५ हरू मौलाए । श्री ५ पछि श्री ८ हरू मौलाए । दिल्लीमा १२ बुँदे सम्झौता गरेपछि श्री श्री श्रीहरूको बिगबिगी देशैभरि मात्रै होइन, विदेशमा समेत भयो । प्रसुती गृहमा झिँगा भन्केकाले पेटको शल्यक्रिया यहाँ हुन सकेन । आर्यघाट धेरै फोहोर भएकाले पछाडिको अन्त्येष्टि पनि उतै गर्दा राम्रो । नागरिकता खुकुलो भएसँगै अब पालो उताको, यताको पालो जति आयो पहिले आयो । अब मेडम ओरिएन्टेड राजनीति अनि पुत्री ओरिएन्टेड पोलिटिक्स । जापान पुगेर महामहिमले भन्नुभयो–‘विदेश बस्नेका लागि पनि मताधिकार’bout छलफल हुँदै छ ।’ बिचरो ! सर्वोच्चले यसो गर्ने कानुन बनाउन भनेको बिर्सिएछ, ऊ आपैmँ थला पर्या छ, पासै नहुने अविश्वास प्रस्तावले, छिटो कानुन बनायो भने विदेश पुगेकाले आप्mनो धोती खुस्काइदिन्छन् ।
बालेन, हर्क, हमाल, रविहरू आएका त्यसै हुन् र । विदेश बसेकाले उता भोट हाल्नु । हामीलाई विदेशमा बस्न समस्या भयो भनेर पटक पटक यहाँ बस्नेलाई फोन गरिदिएछन् । भरे मतपेटिका मिलाउन सकिएन, तिनीहरू आए तर के लछारपाटो लाउलान् तिनले । धरानमा कार्यपालिका बैठक बहिष्कार । बहुमत बालकोट बाको रे । यता, काठमाडौंमा फोहोर ठँस्ठँस् गन्हाउन थाल्यो । जोगी यस्तै आएका हुन्, कि काम गर्न नदिएका हुन् ? ठूला दलका कार्यकर्ताले पेले मलाई भन्दै बालेनले आँसु झारे भने सामान्य मान्नु पर्ला । सामान्य प्रशासनमा अतिरिक्तमा धेरै मान्छे अड्किएका छन् । दर्जन बढी सचिव प्रधानमन्त्री कार्यालयमा जगेडा र हाटा गर्छन् । लौखा, गाईजात्रे भाइरस पुराण सुनेपछि घैंटामा घाम लाग्ने होइन । ५० हजार कर्मचारी दरबन्दी रित्तै । बेरुजुको चांग सगरमाथाको पहाड, विदेश जानेको धुइरो, सक्नेले जापान, अमेरिका, अस्ट्रेलिया, नसक्ने खाडी जाइजा भत्क्या घरको जता हे¥यो उतै प्वाल । प्वालबाट बजेट मात्रै चुहिने होइन, अलकत्रा पनि चुहिन्छ । डोजरे विकास, असारे विकास, सडकको रोपाइँ । मल धानलाई होइन गहुँलाई चाहियो भने भन्नु होला । अहिले त खडेरीले रोपेका रोपो नै मरिसक्यो । किन चाहियो रासायनिक मल ? आखिर खेतबारीमा काम गर्ने कोही छैन । सबै मोबाइल, फेसबुक र टिकटकमा छन् । विदेशीले ओठ चटाइहाल्छ ।
दुई सिंह एउटा जंगलमा, अहिले एउटा जंगलमा ६ सिंहको रजाइँ छ
उप्m † फेरि चुनाव आयो रे । तेलको भाउ अन्यत्र घट्दा पनि यहाँ नघट्ने । चुनावी चाँजोपाँजो, गठबन्धनमा दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर सिन्डिकेट गर्न पाइने रे । गजबको लोकतन्त्र । दुई तिहाइका श्री २ हरू मत्ता हात्तीभैmँ बौलाएर पछारिए । खुमलटारले हानेको बल बालुवाटार हुँदै बालकोट गएर गोल भयो । खेलाडीहरू खेलिरहने, दर्शकहरू राम शाह पथतिर गएर हेरिरहने । देश नै हल्लिने गरी भूकम्प गइरहने । जनताको नाममा सिन्को नभाँच्ने, दल तन्त्र, भूmठतन्त्र, गलगाँडतन्त्र भूमि नै कम्पायमान हुने हिरण्याक्ष बल, सानो देश, धान्नै नसक्ने आशाहरू, कर माथिको कर, जनता कोठाभित्र, दलहरू बाहिर, सधैँ रडाको, सधैँ पानी बाराबार । खाने खुवाउनेमा एक मत, अरू कुरामा बहुमत । अचम्मै भयो । पहिले दुई सिंह एउटा जंगलमा, अहिले एउटा जंगलमा ६ सिंहको रजाइँ छ । दुई पाइलटले चलाएको जहाज गएर ठोक्कियो । गत वर्ष लोकतन्त्रमा ठूलै दुर्घटना भयो । बहुदलमा प्mलोरक्रस, आममाफी जता हे¥यो, उतै सास्ती । धोकाको पहिरोले जनताको उठीबास † अचम्मको प्रजातन्त्र । लिंकन, लेनिन, माओहरूको नाम भजेको छ । श्री ३ ले चलाएको अध्यादेशको चलनचल्तीमा पुरानै युगको पुनरावृत्ति भएको छ । बानेश्वरको ठूलो तमसुक ६ महिनामा दुईपटक च्यातिएको हो । च्यातिएको तमसुकलाई सुपर ग्लुले टाँसेको एक महिनापछि फेरि के भयो भयो, कामै पाएन । वर्षाको पानीले भिजेर तमसुकमा लेखिएका अक्षर कानो गोरुलाई औँसी न पूर्णिमाजस्तै भयो । नजान्दा त भिरपहिरो सम्म देखिनु ठिकै हुन्थ्यो, जान्ने बुभ्mनेलाई पनि आँखामा ढकनीजस्तै कालो चस्माले ढपक्कै ढाकिदिँदा दिउँसै अँध्यारो भयो । मरेर बिउँझिएको बानेश्वरको यमानको भवनले एमसीसी, नागरिकता के मात्रै गरेन एसपीपी पनि पाइपलाइनमा प्राविधिक कुरा मिलाउन मात्रै बाँकी । सबै खेल खत्तम । त्यसै रन्केको छैन उत्तरतिरको मित्र बीआरआई ।
यहाँ जन्मिए सधैँ हिरण्याक्ष र हिरण्यकशिपु । जसले सत्य युगमै संसारलाई सोत्तर पारेका थिए । रसातलमा पुगेको धर्तीलाई बार अवतार र नृसिंह अवतार लिएर प्रभुले उद्धार गरेका थिए । सत्य युगमाभैmँ त्रेतायुगमा मन्थरा जन्मिएकी थिई । रावण र कुम्भकर्ण जन्मिएका थिए । जसले संसारलाई ध्वस्त पारे । मन्थराले कुरा लाइदिँदा कैकेयी उल्केकी थिइन् । जसले राजा दशरथलाई राम वनवास पठाउन भनिन् । सत्य युगमै बलिले इन्द्रासन डग्मगाए । ईश्वरले वामन अवतार लिएर बचाए । रावणकी बहिनी थिई सूपर्णखा । उसले त्यागी लक्ष्मणलाई पति भज्न खोज्दा उसको नाकै ताछिएको थियो । अहिले, संसारका अगाडि नजाँनिदो गरी नाक ताछिँदा पनि होस कसैको खुलेन । द्वापर युगमा कंस र शिशुपालले संसारलाई ठूलै धोका दिए । शकुनीको कारण नक्कली पासा खेलाएर पाण्डवको उठिबास लगाए । सत्ता राजनीतिको खेलका अगाडि स्वयं ईश्वरले पनि धोका पाउँदा रहेछन् । कलिमा खासगरी हाम्रो देशमा त्यही गाईजात्रा भएको छ । राजनीतिभित्र लाजनीति लुकिदिँदा कुरो नबुभ्mने हुँदोरहेछ ।
सुनको पलंगमा बसेर नाति खेलाउन पाऊँ भनेर एउटी विधवा बूढीले नाति एक वरदान मागेकी तर वरदान पाएपछि त्यसभित्र खोतल्दै जाँदा बूढीलाई तन्नेरी गराउनु परेको, विवाह गराउनु परेको, छोरो पाइकन ठूलो भएपछि छोराको बिहे गरी नाति हुर्काउन सुनको पलंग भनेपछि आर्थिक हैसियत एउटी तन्नम बूढीलाई कत्रो सम्पत्ति दिनुपरेको ईश्वरलाई समेत छक्याउनेगरी वरदान माग्ने मान्छेको बानी त्यही भएको छ हामीकहाँ । वरदान पनि पारितिरका आएर दिनुपर्ने । वारिका सँग मोहोर राख्दा राख्दा थाकेर पारिको तागत चाहिने । त्यतिले पनि नपुगेर समुन्द्रपारि हारगुहार गर्नुपर्ने । दैव पनि जति टाढा बसे पनि भक्त भनेपछि नजिकै आइदिने । कस्तो शक्तिशाली मनचिन्ते झोलामा पूmलैपूmलको सुगन्ध भरिदिने अचम्मै भएको छ देशमा ।
दिल्लीमा १२ बुँदे सम्झौता गरेपछि श्री श्री श्रीहरूको बिगबिगी देशैभरि मात्रै होइन विदेशमा समेत भयो
हिजोका सुकुल छाप, सिउँदै लाउँदै गरेका सडके चप्पलेहरूको आजको आलिसान महल, मोबाइल, घडी महँगा, छानी छानी पद, छानी छानी आयोगहरूमा हालिमुहाली, बैंक ब्यालेन्स स्वदेशमा मात्रै नभएर विदेशमा पनि । औषधिमुलो सबै विदेशी स्टायन्डर्डमा । विदेशी रसद, पानी, खाजा, अतिथि सत्कार, साला, साली, भान्जा, भतिजा, विदेशी नोट स्वदेशी भोट, स्वदेशी बसाइ विदेशी भुकाइ, विदेशी टाई, विदेशी नागरिकता । स्वदेशी भाषण, मनचिन्ते झोला, झोलामा खोला, हातैमा कुवेर, घरैमा इन्द्रासन, कुम हल्लाई हल्लाई भाषण, ओठ लेप्राई लेप्राई रासन र भाषण, बोलीमा सुशासन, काममा कुशासन, मुखमा राम बगलीमा छुरा, जिभ्र्रोमा अमृत, पेटमा विष, खाने यहाँ, हात धुने बैंककमा, डिनर लिन जापानमा, बच्चाबच्ची अमेरिकामा, धर्तीमा कालो बादल, रोइरहेकी धर्ती आमाको मुखभरि हिलो, पछिल्लो समयमा देशमा भाँडभैलो । सुरूपलाई कुरूप, ऋणै ऋणले थचारिएको देशलाई हुँकार गर्न सकुन्जेल बालुवाटार पसेर धम्क्याउने, त्यहाँ टिक्न नसके सुरक्षाको जत्था लिएर बसाइँ सरेजस्तो गर्ने । फेरि, तछाडमछाड गर्दै फेरि त्यहीँ पुग्ने । पदलाई मात्रै होइन, मान्छे नै खरिद बिक्री गर्ने ।
सपनाको बाढी बगाउने, रेललाई डेन्टिंगपेन्टिंग गरेर घुम्टो ओढाउने । नानाथरि नक्कली सपना देखाई स्वर्ग पु¥याउँछु भन्ने, कात्रोमा कमिसन खाने, घरदैलो बन्द गरिदिएर आपूm फुक्काराम भई स्वदेश विदेश चहार्ने । भाइ भतिजा आप्mनालाई हेलिकोप्टर, आलिसान महल, करोड पर्ने शौचालय र कार्पेट, लाखौँका जिमखानमा ढलिमली आराम, जनताको निद्रा हराम, मिलिभगत । मूल कानुनलाई पेवा सम्झेर दिनदिनै गिजोल्ने, परचक्रीलाई रातबिरात कोठामा रमिता देखाउने, देशको खुद क्षेत्रफलको अत्तोपत्तो नहुने, छिमेकीले १२ वर्ष लगाएर सिमाना मिच्दै बाटो खनिसक्दा पत्तै नपाउने, विदेशीको पाउ मोल्ने, स्वदेशीलाई घाँटी निमोठेर उठ्नै नदिने, महँगी, करको मारमा पार्ने, अक्सिजन सिलिन्डर, खोपमा धाँधली, क्वारेन्टिन, आइलोसनका मनपरि बिल, हिम प्राणी यतिलाई सहर घुमाउने, ओम्नी रमाउने, सालो, साली, छोरी, बुहारी सबैलाई बडाहाकिम बनाइदिने, धर्म, संस्कृतिको नामोनिसान बाँकी नराख्ने, पानी आउनै नपाई मेलम्चीमा राजनीति, उद्घाटनको नाटक, राजधानी काकाकुल हुने, कूटनीतिमा मेडमको चर्चा, दुवै हातले खाने, हिन्दु धर्म मास्ने, राखी बाँध्न बोलाउने, होली वाइनमा डुब्ने, सोल्टीमा डेरा, एक राजा हटाउने हजारौँ राजा पोस्ने, महँगो संघीयता र गाँडतन्त्रलाई शिशु भन्दै बचाउनुपर्ने, उखान टुक्काले मेट्रो, मोनो रेल, ग्यासको पाइप लाइन भन्ने, पानीजहाज कार्यालयलाई करोडौँको गाडी, प्रकृति दोहन, मान्छेको रगतमा विप्रेषणले नपुगेर चुरे दोहन, बालुवा, ढुंगा निर्यात, बिजुली र पानीको भाउ छुट गर्छु भनेर उल्टो बढाइदिने, प्रशासन यन्त्रलाई थङथिलो पार्ने, भर्ती केन्द्र बनाउने, जनताका उठिबास, नेताजीको पोषण संघीयताको रूप । प्रश्नैप्रश्नका बिच यसपालिको भाँडभैलो गाईजात्रे कोरोना भाइरस पुराण समाप्तम्, अशुभम् ।