देबेन्द्रले थुम्केलीले ल्याए ‘लोककलाकार जीवनी’

काठमाडौं । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले आफ्नो नयाँ पुस्तक ‘लोककलाकार जीवनी’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तकको मंगलबार काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरेका छन् । उक्त कृतिमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी समेटिएको छ ।

पुस्तकमा शारदा चित्रकार, जीतबहादुर रायमाझी ‘मैथिल’, जुलुमलाल चित्रकार, सुर्यबहादुर चित्रकार, श्यामानन्द ठकुरी, अजितकुमार साह, मिथिलादेवी यादव, एससी समुन, सीतादेवी कर्ण, लक्ष्मण मण्डल, पवनकुमार राजवंशी, पुनमकुमारी दास र मित्थु थारूको जीवनीसहित कलाकृतिको चर्चा गरिएको छ । यो पुस्तकलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको हो ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति कर्माचार्यले पुस्तकले नेपालका लोककलाकारलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए,‘लोककला र कलाकारको जीवनयात्रालाई चर्चा गरिएको पुस्तकले नेपाली कलाको बहुआयामिकतालाई प्रकाश पारेको छ ।े देशभर हरेक स्थान र जाति विशेषमा रहेका लोककलाका ’boutमा सानो पुस्तकले समेट्न नसके पनि आगामी दिनमा यस विषयमा पुस्तक लेख्नका लागि प्रतिष्ठानले पहल लिने छ ।’ प्रतिष्ठान एवं अन्य लेखकले पनि लोककला र कलाकारका ’boutमा अझै व्यापक ढंगले लेख्नुपर्ने आवश्यकता बढेर गएको पनि उनले बताए ।

यसका लेखक देवेन्द्र थुम्केलीले पुस्तकमा नेवार, अवधी, मिथिला, थारू र राजवंशी लोककलामा काम गर्ने कलाकारका ’boutमा यो पुस्तकमा समेटिएको जानकारी गराए । उनले नेपाली लोककला क्षेत्रमा विशिष्ट कलाकार धेरै भए पनि एउटा पुस्तकमा सबैलाई स्थान दिन नसकिएको बताए । आगामी संस्करणमा थप लोककलाकारका ’boutमा समेट्ने पनि उनले बताए ।

यस्तै राजनीतिज्ञ एवं भाषाविद् डा. गोपाल ठाकुरले पुस्तकमा लोक कलाकारहरुलाई महत्वका साथ समेटिएको बताए । उनले कलाकारले इश्वर बनाउने तर त्यही कलाकारलाई उपेक्षा गर्ने मनोवृत्ति राम्रो नभएको टिप्पणी गरे । कलाकार राष्ट्रका सम्पदा भएकाले उनले कलाकारको उचित ढंगले राज्यले सम्मान गर्नुपर्नेमा विचार व्यक्त गरे ।

ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनालले पुस्तकले नेपाली लोककला र कलाकारलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । पुस्तक सानै भए पनि लोक कलाकारको ’boutमा मिहिन रुपमा यसमा समेटिएको उनले बताए ।

नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले पुस्तकमा समेटिएको लोककला समय सान्दभिएको छ भने । उनले लोक कलालाई बृहत रुपमा प्रकाशनमा ल्याउन पनि उनले आग्रह गरे । उनले लोककलाकारका ’boutमा पुस्तक पहिलो पटक लेखिएको र अन्य शृंखला पनि भाग १–२ गर्दै लेख्दै जानुपर्ने सुझाव दिए ।

प्राज्ञ सञ्जय वान्तवाले लोककलाको विकासमा सबै क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताए । उनले लोककलालाई मूलधारमा ल्याइ यसको महत्व र पहिचानलाई बचाउन खोज अनुसन्धान तथा प्रकाशन लगायतका विविध कार्यक्रममार्फत काम गर्नुपर्नेमा जोड दिए ।

लोककलाको वैभवको प्रवद्र्धनका लागि हरेक समुदायमा अभ्यास भइरहेको लोककलाको ’boutमा पुस्तक लेख्न सकिने प्रतिष्ठानको लोककला विभाग प्रमुख मिथिलादेवी यादवले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी