न्यूजिल्याण्डसँग वेष्ट इण्डिज पराजित

न्यूजिल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टीमा वेष्ट इण्डिजलाई १३ रनले हराएको छ । १८६ रनको लक्ष्य पछ्याएको घरेलु टोली वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो । उसका लागि समारह ब्रुक्सले ४२ रन जोडे । त्यस्तै रोमारियो शेफर्ड ३१ र ओडियन स्मिथ २७ रनमा अविजित रहे ।

बलिङमा न्यूजिल्याण्डका मिचेल सान्टनरले ३ विकेट लिए । यसअघि जमैकामा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा ५ विकेटको नोक्सानीमा १८५ रन बनाएको थियो ।

न्यूजिल्याण्डका कप्तान केन विलयम्सनले ४७ तथा डेभोन कोनवेले ४३ रन जोडे । त्यस्तै जेम्स निशम ३३ रनमा अविजित रहे । वेष्ट इण्डिजका ओडियन स्मिथले ३ विकेट लिए । जितसँगै ३ खेलको शृंखलामा पाहुना टोली न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार