भाषा साहित्य पुरस्कारका लागि १० कृतिम मनोनित

सर्लाही । ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि मनोनयनमा १० कृतिहरू परेका छन् । लालबन्दी नगर वाङ्मय परिषद्ले पुरस्कारका लागि मनोनयनमा परेका कृतिको सूची बिहिबार सार्वजनिक गरेको छ ।

भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित वाङ्मय परिषद्ले स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिले गरेको सिफारिसमा उत्कृष्ट १० कृतिलाई मनोनयन गरेको आयोजक पक्षले जनाएको छ ।

मनोनयनमा परेका कृतिहरुमा डा. नवराज लम्सालको अग्नि खण्ड काब्य, प्रतीक ढकाल नियात्रा सँग्रह उज्यालो कर्णाली, सुरेन्द्र अस्तफलको उपन्यास तेल भिसा, मोहन मैनालीको नियात्रा पुस्तक देखेको देश रहेका छन् । यस्तै सुशीला पौडेलको तृषा, डा. नेत्र एटमको प्रिय मौनता, टीका आत्रेयको भु्रण प्रश्न, दिपा मेवाहाङ राईको यादको सन्दुक, बिना थिङको याम्वुनेर र महेश थापाको मरीचिका पुस्तकप नि पुरस्कारको लागि मनोनयनमा परेको परिषदले जनाएको छ ।

वाङ्मय परिषद्लाई प्राप्त १२८ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिलाई मनोनयन सूचीमा ल्याएको हो । यी कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने छ । उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको पनि परिषदले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार