सेरोगेसी आमाको चरित्रले सृष्टिमा लगायो ममता

काठमाडौं । अभिनेत्री सृष्टी श्रेष्ठ त्यतिबेला चलचित्र ‘माईकल अधिकारी’को छायाँकनमा थिईन् । उनको काखमा करिब ६ महिनाको बच्चा थियो । छायाँकनको क्रममा उनको काखबाट बच्चा जबरजस्ती खोसेर अरुले लगेपछि सृष्टी आक्रोस पोख्दै रुन थालिन् ।

त्यतिबेला उनले आफु चलचित्रको छायाँकनमा छु भन्ने कुरा बिर्सिईन् । धेरै दिन देखि आफुले काखमा लिएर छोरा मान्दै खेलाईरहेको बच्च अरुले खोस्दा उनीमा यती धेरै मातृ बात्सल्य जाग्यो की अब त्यो बच्चा आफुले पाउँदिन जस्तो उनलाई लाग्यो ।

केही वर्ष अघि बिर्तामोडमा खिचिएको त्यो दृष्यलाई आज सम्झँदा पनि सृष्टीलाई अनौठो महसुस हुन्छ । सृष्टीले अभिनय गरेको चलचित्र माईकल अधिकारी यही ३ भदौबाट देशव्यापी सिनेमा हलमा रिलिज हुँदैछ । जसमा उनले सेरोगेसी आमाको भूमिका निर्वाह गरेकी छिन् । श्रीमान र आफन्तले पैसाको लागि आफ्नो कोख भाडामा लगाएर जनाएको बच्चा ती पैसा दिनेलाई पठाउनु पर्ने निकै पीडादायी भूमिका यसमा उनको छ ।

कोख भाडामा लगाउने आमाहरुको कथामा समेटिएको यो चलिचत्रमा काम गर्नुको कारण पनि यसको कथा सृष्टीलाई निकै सम्बेदनशिल लागेको रहेछ । सेरोगेसी’bout उनले भनिन्,‘केही दिन सुटिङमा आफुले खेलाएको बच्चा अरुले खोस्दा त मैले आँसु थाम्न सकिन् । अनि केही पैसाको आफुले नौ महिनासम्म गर्भ बोकेर जन्माएको सन्तान अरुको हातमा ती आमाहरुले कसरी दिन सक्छन् होला ।’ यो कुरा सम्झँदा पनि आफ्नो मन खिन्न हुने यी अभिनेत्रीको भनाई छ ।

यो चलचित्रको छायाँकन हुँदासम्म नेपालमा कोख भाडामा लगाउने कार्य बैधानिक नै थियो । पाँच वर्ष अघि कानूनी रुपमा नेपालमा कोख भाडामा लगाउने कार्यलाई गैरकानूनी घोषणा गर्दै यसमा रोक लगाईयो । सेरोगेसी कार्यलाई नेपालमा गैरकानूनी घोषणा गर्नुलाई अभिनेत्री सृष्टी सरकारको सही निर्णय मान्छिन् । नेपाल जस्तो तेश्रो गरिवी मुलुकबाट सेरोगेसी आमामार्फत बच्चा पश्चिमा मुलुकले लाने गरेको तथ्य यी अभिनेत्रीले बताईन् ।

अभिनेत्री सृष्टी केही वर्ष यताबाट अभिनेता सौगात मल्लसँग प्रेम सम्बन्धमा छिन् । उनीहरु केही महिना भित्रै विवाह पनि गर्दैछन् । चलचित्र माईकल अधिकारीमा सौगात र सृष्टीले पति पत्नीको भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमा उनले निकै रिसाहा पत्नीको भूमिका निभाएकी छिन् । तर बास्तविकातामा आफु त्यो भन्दा फरक र निकै नरन भएको सृष्टीको कथन छ । फिल्म माईकल अधिकारीका सेरोगेसी आमाको भूमिकामा उनी प्रस्तुत भए पनि अझै केही वर्ष उनको आमा बन्ने लक्ष्य छैन । तथापि यो चलचित्रमा काम गर्दा आफु कसरी आमा बन्ने र त्यसपछि सन्तानलाई कसरी मायाँ गर्ने भन्ने कुरा नजिकबाट सिक्न पाएको सृष्टीले बताएकी छिन् ।

सृष्टिको अनुभवमा आमाले गर्ने मायाँ जती निस्वार्थ मायाँ अरुले गर्दैनन्,‘आफुले नौ महिना गर्वमा राखेर जन्माएको सन्तानमा आमाको यती निस्वार्थ मायाँ हुन्छकी ती आमाले सन्तानबाट स्वार्थको आशा राख्दिनन् ।’ आफु आमा बन्नु भन्दा अघि नै आफ्नी आमाले आफुलाई गरेको मायाँबाट यो कुरा महसुस गर्न पाएको सृष्टीले बताएकी छिन् । सँसारमा आमाहरुका लागि आफ्नो सन्तानको सुख नै सबैभन्दा ठुलो सुख र सन्तुष्टी हुने महसुस पनि आफुले चलचित्र माईकल अधिकारीबाट गरेको अभिनेत्री सृष्टी श्रेष्ठको कथन छ ।

आफ्नो कोख भाडामा लगाएर पैसाको लागि आफुले जन्माएको सन्तान अरुलाई दिने आमाको भूमिकाबाट यसपटक सृष्टीले धेरैकुरा महसुस गरिन् । गोपिकृष्ण मूभिजले निर्माण गरेको यो फिल्ममा आफ्नो भूनिमालाई दर्शकले कुन रुपमा मूल्याँकन गर्छन । अभिनेत्री सृष्टी यतिबेला यही कुराको तिब्र प्रतीक्षामा रहेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 498 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको जनकनन्दनीमा अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी