टान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारी

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० साउनमा हुने निर्वाचनमा कोषाध्यक्ष पदमा महिला उद्यमी प्रमिला देवकोटा(पाण्डे) ले उम्मेदवारी दिएकी छिन । पाण्डेले अध्यक्षका उम्मेदवार रामप्रसाद सापकोटा (कमल) को समुहबाट कोषाध्यक्ष पदमा उम्मेदवार दिएकी हुन् ।

हिमालयन ग्लासियर ट्रेक्स एण्ड एक्सपीडिसन प्रालि की निर्देशक पाण्डे विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय छिन । सफल महिला उद्यमीको रुपमा परिचित पाण्डे ब्ल्याक डायमण्ड एक्सपीडिसन प्रालिकी प्रवन्ध निर्देशक, होटल इन्काउण्टर कि प्रवन्ध निर्देशक समेत हुन् ।

सामाजिक सेवामा समेत सक्रिय पाण्डे चाईल्ड ईन्भाइरोमेण्टल नेपाल नामक संस्थाको महासचिव समेत हुन । उनको यो संस्थाले विशेषगरि बालबालिको शिक्षा र शैक्षिक पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्दै आएको छ । त्यसवाहेक उनको परिवार नै पर्यटन व्यवसायमा सक्रिय छ । लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेले स्नातक तह सम्मको अध्ययन पुरा गरेकी छिन ।

कोषाध्यक्ष पदका उम्मेदवार पाण्डेले टान प्रशासनलाई मितव्ययी र पारदर्शी रुपमा सञ्चालन गर्दै संस्थालाई आर्थिक रुपमा सवल बनाउन पहल गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताएकी छिन । ‘नेपालको पर्वतीय पर्यटनमा महिलाहरुको सहभागीता कम भएको हालको अवस्थामा महिला उद्यमीहरु जन्माउन विशेष प्रोत्साहन हुने वातावरण निर्माण गर्ने पहल गर्नेछु’ पाण्डेले भनिन् ।

यसैगरी, उनले दीगो पर्यटन विकासको अवधारणालाई सघाउन गुणस्तरीय पर्यटन सञ्चालनका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने बताईन् । त्यसैगरी, हाल करको दायरामा नआएका ईन्टरनेशनल अनलाईन बुकिङ प्लेटफर्म (ओटिए) लाई करको दायरामा ल्याउन नीतिगत व्यवस्था गर्न सरकारसँग पहल गर्ने आफ्नो विशेष एजेण्डा रहेको उनले बताईन ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो ‘भाग्य’ले विजयी भए