३ मंसिरमा १८ वर्ष पुग्नेले ‘भोट’ हाल्न पाउने

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचनको अघिल्लो दिन १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले यसअघि निर्वाचन घोषणा भएको दिन १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नामावली समावेश भएका मतदातालाई मतदानमा सहभागी गराउने गरेकोमा गत स्थानीय तह निर्वाचनदेखि सो व्यवस्थामा हेरफेर गरेको थियो ।
३ मंसिरमा १८ वर्ष उमेर पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदानको प्रक्रियामा सहभागी गराउनेगरी आवश्यक व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

नामावलीमा नाम अनिवार्य


आयोगले गत १९ साउनसम्म ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गरेको थियो ।

यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्ला बाहिर बसोबास रहेकालाई आयोगले बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालयबाट नाम दर्ता गर्नेगरी सुविधा दिएको थियो । यसपटक काठमाडौं उपत्यकासहितका केही जिल्लामा अनलाइन प्रणालीमार्फत पनि नाम दर्ता गर्न सकिने व्यवस्था आयोगले मिलाएको थियो ।

आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

आयोगका अनुसार ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअघि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताको नाम आयोगमा दर्ता थियो । यो संख्या यसपटक करिब ५ लाखले बढ्ने आयोगको अनुमान छ । स्थानीय तह सकिएपछि १ असारबाट आयोगले मतदाता नामावली संकलन सुरु गरेको थियो ।

आयोगले संकलित नामावलीलाई आगामी १२ भदौदेखि १९ गतेसम्म निर्वाचन कार्यालयमा पुगी अद्यावधिक गर्न सकिने जनाएको छ । सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारको सदस्यको मृत्यु भएमा हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न सकिनेछ ।

नामावली अद्यावधिक गर्न इमेल, फ्याक्स तथा अनलाइनबाट निवेदन दिन सकिनेछ । मतदाता नामावली अद्यावधिक भएपश्चात् ३१ भदौमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको तालिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा गठबन्धनका उम्मेदवारलाई १८ सय बढीको अग्रता