बेल स्थानान्तरण गर्ने रियलको तयारी

मड्रिड । स्पेनिस महारथि रियल म्याड्रिडले आफ्ना वेल्सका स्टार फरवार्ड ग्यारेथ बेललाई स्थानान्तरण गर्ने तयारी गरेको छ । रियलमा बेलको सम्झौता अझै दुई वर्ष बाँकी रहेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदान र ग्यारेथ बेलबीचको सम्बन्ध राम्रो हुन सकेको छैन । त्यसैले पनि रियल बेललाई यो सिजनमा बेच्ने मनसायमा रहेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

वेल्सम्यान बेलले रियलमा लेजेन्ड क्रिस्टियानो रोनाल्डो नरहँदाको परिपूर्ति गर्न सकेका छैनन् । रोनाल्डो २०१८ मा रियल छाड्दै इटालियन क्लब युभेन्टस पुगेका थिए । तर, रोनाल्डो नहुँदा बेलले मौका पाए पनि त्यसलाई सदुपयोग गर्न नसकेको क्लबको बुझाइ छ । खराब प्रदर्शनसँगै रियरलमा पहिलो रोजाइमा मौका नपाए पनि बेल चिनियाँ क्लबमा जाने योजना बनाएको थियो । तर, रियलले बेलको प्रस्तावलाई नकार्दै क्लबमै राखेको थियो । बेलले सेप्टेम्बर यता स्पेनिस ला लिगामा गोल गर्न सकेका छैनन् । उनले यसबीचमा जम्मा तीनपटक मात्रै मौका पाएका छन् । केही खेलमा ३० वर्षे बेललाई पहिलो रोजाइमा मौका दिए पनि उनले प्रशिक्षक जिदानको मन जित्न सकेका छैनन् ।

बेल २०१३ मा इंग्लिस क्लब टोटेनहम हस्टपरबाट त्यतिबेलाको विश्व कीर्तिमानी ७७ मिलियन पाउन्डमा रियल मड्रिडमा अनुबन्धित भएका थिए । कार्डिफ सिभिल सर्भिसबाट युथ करियर सुरु गरेका बेलले त्यसपछि साउथ ह्याम्पनबाट आफ्नो खेल कला निखारेका थिए । उनले साउथ ह्याम्पटनबाट ४० खेल खेल्दै ५ गोल गरेका छन् । त्यसपछि उनी २००७ देखि १३ सम्म अर्काे इंग्लिस क्लब टोटेनहममा पुगेका थिए । बेलले त्यहाँ १ सय ४६ खेलमा ४२ गोल गरेका थिए । त्यसपछि इंग्लिस क्लब रियलमा पुगेका उनले हालसम्म १ सय ६९ खेलमा ८० गोल गरिसकेका छन् ।

उनी रियलले यूईएफए च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गर्दा टोलीका महत्वपूर्ण सदस्यसमेत रहेका थिए । उनले रियलबाट ह्याट्रिकसहित चार च्याम्पियनस लिग, तीन–तीन फिफा क्लब वल्र्डकप र स्पेनिस सुपर कप, एक÷एक स्पेनिस ला लिगा, कोपा डेल रे र सुपर कोपा जितेका छन् । बेलले वेल्सबाट ८३ अन्तर्राष्ट्रिय खेल खेल्दै ३३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो