चेल्सी र टोटेनहमले अंक बाँडे

लन्डन । चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अन्तिम समय इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति टोटनहमसँग अंक बाँडेको छ । लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन । चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले गोल गरे । खेलसकिएपछि हात मिलाउने क्रममा दुबै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका दिए । यस पछि रेफ्रीले दुबै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।

रियल मड्रिडको विजयी सुरुवात
साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्द पुनरागमन सहित २-१ को जित निकाल्यो । १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन । जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो । गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो ।

बायर्नको लगातार दोस्रो जित
उल्फवर्गलाई २-० ले हराउँदै जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत आइतबार राति बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा बायर्नका लागी जमल मुसिआला र थोमस मुलरले एक-एक गोल गरे । बायर्नले दुबै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो जितसँगै बायर्न २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । उल्फवर्ग १ अंक जोडेर १५ औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी