कपिलवस्तुका मधेसी समुदायका महिलाले मनाए तिन छठ्ठी पर्व

कपिलवस्तु । नेपालको पश्चिम तराई मधेसी समुदायका महिलाहरुले छोरोको स्वस्थ र आयुलाई अझै राम्रो कामना गर्दै तिन छठ्ठी पर्व विषेश पुजा पाठ गर्नेका छन् । परम्परागत रुपमा तिन छठ्ठी माताको पुजा गर्ने गरिन्छ ।

पहिलोदेखि नै आमाहरुले तिन(छट्ठी पर्व परम्परागत रुपमा मनाउदै आईरहेका छन । बिहान महुवा को दतुइन गर्ने , महुवा , तिन्नी को चामल , दही र सिन्दुर सामग्रीहरु बाट हिन्दु धर्मको परम्परागत विधि बाट पुजा पाठ गर्ने परिचालन रहेको छ । यस पर्वमा घाँसे कुसमा ६ वटा गाँठ पारी महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्ने गरिने स्थानीय मन्ना नाउँले बताइन ।

तिन छठ्ठी पर्व परम्परागत रुपमा चली आइरहेको कारणले मन्दै आएको छु । जुन महिलाको छोरा छन भने मात्रै तिनछट्ठी माता जी को व्रत बस्ने परम्परा रहेको छ । जुन महिलाको छोरा छैन भने तिन छठ्ठी माता संग अनुरोध गर्‍यो भने माता ले छोरा दिनु हुन्छ यो परम्परा रहेको कुरा अमरावती केवट ले बताइन ।

ब्रत बस्ने आमाहरुले बिहान देखी गौधुली साँझसम्म निराजल रही साँझ हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दहीसंग खाने गर्छन । तिन-छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न-जाने र जोतेको खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ ।

व्रतालु महिलाहरू घरभन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुसमा ६ वटा गाँठ पारी पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा(कहानी) भन्ने गर्दछन भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गर्ने गरेको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 440 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक