हाम्रो पात्रो हेल्थबाट डाक्टरसँग कन्फरेन्स कल गर्न सकिने

काठमाडौं । हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधा थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासा’bout घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताबाट पाएको उत्साहजनक सहभागिताले हाम्रो पात्रोको टिमलाई यी सुविधाहरू थपिएका छन् । देश तथा विदेशमा रहेका नेपाली मूलका मानिसको दैनिक तथा सांस्कृतिक जीवनमा महत्वपूर्ण साथी बन्न सफल लोकप्रिय हाम्रो पात्रो एपले, विज्ञ डाक्टरसँग स्वास्थ्य समस्या भएका र स्वास्थ्य सेवा जिज्ञासु मानिसको सहज पहुँच होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेको छ ।

अहिले थपिएका सुविधामा विशेषज्ञ डाक्टरले आफ्नो उपलब्धता राख्न सक्ने र उक्त समय तालिकाअनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरसँग अपोइन्टमेन्ट लिएर र डाक्टरसँग कुराकानी गर्न सकिने छ । पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै रहेको छ । यसअघि बिरामी र डाक्टर दुई जना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई पनि आफ्नो आवश्यकताअनुसार परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरले कन्फरेन्स कल गरेर एकैपटक कुराकानी गर्न सकिने सुविधामा अपग्रेड गरिएको छ ।

यसै सन्दर्भमा हाम्रो पात्रो इंकका फाउन्डर तथा सीईओ शंकर उप्रेतीले यो नयाँ सुविधा आएपछि ‘वैदेशिक रोजगारी र अध्ययनका क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा बुबा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यसँग कन्फरेन्स कलमा बस्न सक्ने’ बताए । उनले यो थपिएको सुविधाले प्रयोगकर्ताको दैनिक स्वास्थ्य समस्या तथा जिज्ञासाको समाधान गर्न थप सहयोगी हुने विश्वास प्रकट गरे । त्यसबाहेक, अनलाइन र व्यस्त डाक्टरको डाक्टरको विशेषज्ञता र अनुभवको सूची हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न यो अपडेटले सजिलो बनाउने सेवाहरू थपेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने