समाजवादीले २० भदौभित्र उम्मेदवार टुंगो लगाउने


तोकियो उम्मेदवारको मापदण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मापदण्ड निर्धारण गरेको छ ।

पार्टी सचिवालय बैठकबाट मापदण्ड पारित गर्दै त्यसअनुसार उम्मेदवार चयन गर्न निर्देशनसमेत दिइएको छ । पार्टी महासचिव डा. बेदुराम भुसालका अनुसार पार्टीका तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस एवं छनोट गर्दा पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेका र विद्रोहमा सक्रिय भूमिका खेलेका तथा पार्टी निर्माणमा योगदान गरेकालाई उम्मेदवार बनाउने मापदण्ड निर्माण गरिएको छ ।

त्यस्तै, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको र जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड पार्टीले बनाइएको छ ।

यसैगरी, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको, सक्रिय र समावेशीताको सिद्धान्तविपरीत नहुनेगरी उम्मेदवार छनोट गरिने महासचिव भुसालले बताए ।

यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार सिफारिस एवं निर्णय गर्ने समय तालिकासहित सोहीअनुसार उम्मेदवार चयन गर्न मातहतका कमिटीलाई निर्देशन गरिएको छ ।

तालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र एक महिला र तीन अन्य गरी चार अकांक्षीको नाम जिल्ला कमिटीलाई सिफारिस गर्नुपर्ने छ ।

जिल्ला कमिटीले १२ भदौभित्र एक महिला र दुई अन्य गरी तीन जनाको नामावली प्रदेश कमिटीलाई सिफारिस गर्नुपर्ने छ ।
यसैगरी, १५ भदौभित्र प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गर्नुपर्ने र २० भदौमा केन्द्रीय कमिटीले उम्मेदवार टुंगो लगाउने निर्णय गरिएको छ । ‘कुनै कमिटीमा कुनै किसिमको विवाद देखिएमा माथिलो कमिटीले त्यसको समाधान गर्ने’ भनिएको छ ।

यसैगरी, बैठकले माओवादी केन्द्रसँग एकताका लागि एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने, जसले दुई पार्टीबिचको एकता र सिंगो नेपाली कम्युनिस्ट आन्दोलनको एकता सम्बन्धमा छलफल, बहसलगायत कार्य गरी एकताको वातावरण निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी