थप ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९४९ नमुना परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ हजार ७५७ नमुनाको पीसीआर परीक्षण गर्दा ३४३ जनामा र २ हजार १९२ नमुनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी