गाउँलेलाई लिएर बनाइँदै ऐना झ्यालको पुतली

काठमाडौं । दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलको न्यु करेन्ट सेक्सनमा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ २४ भदौमा रिलिज हुँदै छ ।

राजधानीमा मंगलबार पत्रकारबीच फिल्म’bout कुराकानी गर्दै बिडारीले ‘नेपालमा बालबालिकाका लागि फिल्म निर्माण निकै कम हुने गरेको’ सुनाए । यो फिल्म बालबालिकाका लागि बनाएकोसमेत उनले जिकिर गरे ।

सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री शीर्ष भूमिकामा रहेको फिल्ममा विष्टबाहेक सबै कलाकार नयाँ हुन् ।

निर्देशक बिडारीले भुइँचालोले ल्याएको निस्सारताबीच आफ्नै घरका महिलाले गरेको संघर्ष आधार मानेर फिल्म तयार गरेका हुन् ।

‘आमा र दिदीहरूको संघर्ष हेरेर हुर्किएको हुँदा यो फिल्मलाई मेरो भोगाइको प्रतिविम्बभन्दा पनि हुन्छ,’ उनले भने, ‘फिल्ममा देखिने आमा, दिदीभाइ मेरै परिवारका सदस्य हुन् र यो कथा मजस्तै धेरै परिवारको कथा हो ।’ उनले संखुवासभाका स्कुलबाट अडिसन गरेर फिल्मका कलाकार चयन गरेका थिए ।

गाउँले जनजीवन विश्वसनियतासाथ देखाउन आफूले गाउँमै गएर बालबालिकालाई कलाकार बनाएको बिडारी बताउँछन् । गैरकलाकारसँग काम गर्दा आफूले साह्रै दुःख पाएको पनि उनले सुनाए ।

‘पहिलो कुरा त ननएक्टरसँग काम गर्न गाह्रो हुने रहेछ भन्ने थाहा पाएको भए शायद काम गर्दिनथें होला, मेरो फिल्मले गाउँको पनि अलि पुरानो समयको कथा भन्छ,’ बिडारी भन्छन्, ‘गाउँको चरित्रले गर्ने गतिविधिमा कुनै कमजोरी नहोस् भनेर त्यही परिवेशमा हुर्केका चरित्र कलाकार बनाउने निर्णय गरेको हुँ ।’

अभिनेत्री विष्टले ‘स्क्रिप्ट साह्रै मन परेको र फिल्म नयाँ अनुहारसँग गाउँमा गएर उनीहरूको लयमा काम गर्दा पनि कोरा शैलीमा प्रस्तुत गर्न सफल भएको’ अनुभव सुनाइन् । ‘मलाई घाँस काटेको, दुध दुहेका, गुन्द्री बुनेको, डोको नाम्लो गरेको अनुभव थिएन,’ उनले भनिन्, ‘यस्ता धेरै कुरा मैले त्यहीँ गएर काम गर्नेक्रममा सिकें ।’

ट्रेलरले गाउँले परिवेशमा बनेको दिदीभाइको कथाजस्तो छनक दिए पनि फिल्मले हरेक परिवेशमा रहेका परिवारलाई आफ्नो कथा भनेको आभास हुने जिकिर पनि विष्टको छ ।

आइसफल प्रडक्सन, लोकल सिनेमा र आर्को फिल्म्सको संयुक्त व्यानरमा बनेको फिल्मलाई प्रवीन स्याङ्बो, आकाश पौडेल, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् ।

फिल्मबाट निर्देशक बिडारीले ढाका इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । यसबाहेक ‘फिल्म एसिया प्यासिफिक स्क्रिन अवार्ड’ र ‘जेलिन अवार्ड’मा छानिएको थियो ।

स्वीजरल्यान्डको फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा समेत प्रदर्शित फिल्मलाई स्वीजरल्यान्डकै थुप्रै स्कुलमा देखाइएको निर्माता रामकृष्ण पोखरेलले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधि आज राति १२ बजेबाट, के गर्न पाइन्छ के पाइदैन ?