अनिलाले एकसाथ ल्याइन गीतिसंग्रह र गीति पुस्तक

काठमाडौं । गायिका तथा गीतकार अनिला राईले काठमाडौंमा एक समारोहबीच एकसाथ दुई कृति गीति सँग्रह ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ बिमोचन गरिएको छ । सोही कार्यक्रममा कविता संग्रह ‘अक्षरको ऐना’ पनि बिमोचन गरियो ।

साहित्यकार प्राज्ञ अमर गिरि, प्राज्ञ तथा गायिका सत्यकला राई, कवि भूपाल राईलगायतले यो कृतिको बिमोचन गरेका हुन् । ‘अक्षरको ऐना’ पुस्तक गायिका अनिलाका बुबा गंगा राईले लेखेका हुन् ।

कार्यक्रममा तीन वटा गीतको भिडियो सार्वजनिक गरिएको थियो । ‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो । यी तीनवटै गीत एन्जेलिना भित्र सँग्रहित छन् ।

‘एन्जेलिना’ अनिलाको सातौँ एल्बम हो । उनको योद्धा, पानी फूल र म पहिलो गीति पुस्तक हो । एल्बम ‘एन्जेलिना’मा नौ वटा गीत संग्रहीत छन् । जसमा अनिलाको एकल शब्दरचना रहेको छ ।

एल्बममा संग्रहीत नौ वटा गीतमध्ये दुई वटा गीतमा गायक रोशन राईले स्वरमा साथद दिएका छन् । एल्बममा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत रहेका छन् ।

यी गीतहरुमा सात वटामा अनिलाको एकल स्वर रहेको छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’ मा गायक रोशन राईले स्वरमा साथ दिएका छन् ।

‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको संगीत रहेको छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा संगीत रोशन राईले गरेका हुन् ।

यस्तै, ‘ढिँडो र सिस्नु’मा डाक्टर किरात र ‘साकेला’ मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’मा सचिन सिंहको संगीत रहेको छ । गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ एक सय १२ वटा गीत संग्रहीत छन् । जसमध्ये नौ वटा गीत रेकर्ड गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण