Thursday, August 5, 2021
Homeअर्थसर्लाहीका चिनी उद्योग धमाधम बन्द

सर्लाहीका चिनी उद्योग धमाधम बन्द

,
sharethis

सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेड यस ‘सिजन’को उखु क्रसिङ सकेर चैतको पहिलो साता नै बन्द हुने भएको छ । गत वर्ष वैशाख दोस्रो हप्तासम्म चलेको चिनी उद्योग यस वर्ष चैत पहिलो साता नै बन्द हुने भएको हो ।

सर्लाही, महोत्तरी, रौतहट र बाराको गरी कूल २२ हजार क्षेत्रफलको उखु किसानले इन्दु शङ्करसहित जिल्लाका अन्य चिनी मिलका साथै छिमेकी जिल्लाका चिनी मिलसम्म पु-याउने गरेका छन् । यस उद्योगले गत वर्ष ३५ लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा लक्ष्यभन्दा घटी उखु क्रसिङ भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए ।

यस वर्ष पनि ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्यका साथ माघ ११ गतेबाट सञ्चालन भएको उद्योगले अहिलेसम्म २६ लाख ५० हजार क्विन्टल मात्र उखु क्रसिङ गरेको र उद्योगको रेकर्डमा रहेको जग्गाको क्षेत्रफलअनुसारको उखु सकिएको भन्दै उद्योग चैत पहिलो साता नै क्रसिङ सकिएकाले उद्योग बन्द गर्ने तयारीमा रहेको प्रबन्धक रजकले बताए ।

उनका अनुसार तेस्रो चरणको सूचना प्रकाशितसमेत भइसकेको छ । अबको दुई/तीन दिनभित्रमा उद्योग बन्द गर्ने गरी किसानको खेतमा बाँकी रहेको जे–जति उखु छ त्यो उद्योगसम्म ल्याउन उद्योगले सूचना जारी गरेको जनाइएको छ । आवश्यकभन्दा कम उखु उद्योगमा आएका कारण पछिल्लो समयमा दिनको केही घण्टा मात्र उद्योग चल्ने गरेको प्रबन्धक रजकले बताए । दिनमा दुई/चार घण्टा मिल सञ्चालन गर्दा उद्योग मारमा पर्ने भएका कारण उद्योग चाँडै बन्द गर्न लागेको रजकले बताए ।

किसानले पाउनुपर्ने भुक्तानी तथा अनुदान नपाएको भन्दै किसानले पछिल्लो समयमा उखुखेती कम गर्न थालेपछि लक्ष्यअनुसार उखु नआएको उद्योगले जनाएको छ । ऋण गरेर किसानले गरेको उखुखेतीको समयमै भुक्तानी तथा अनुदान नपाउँदा किसानको उखुखेतीप्रति मनोबल कमजोर भएको र अरु खेतीतर्फ किसान आकर्षण हुन थालेको जानकारले बताएका छन् ।

जिल्लामा तीन चिनी उद्योग भए पनि एउटा गत वर्षको अनुदान र भुक्तानी नै बाँकी रहेका कारण यस वर्ष सञ्चालन नै हुन सकेन भने एउटा केही दिन पहिला नै बन्द भइसकेको छ । इन्दु शङ्कर चिनी उद्योग पनि लक्ष्यअनुसार उखु क्रसिङ नभएपछि चाँडै बन्द हुन लागेको हो ।

(Visited 176 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

साताका लोकप्रिय समाचार

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

झलनाथ खनालकाे मृगाैला प्रत्याराेपण सफल

  काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो...

धुर्मुसले बनाए ‘म त मर्छु कि क्या हो ?’

काठमाडौं । विगत १७ महिनादेखि नेपालमा कोरोना संक्रमणको महामारी जारी छ । सिनेमा हल बन्द छन् । यो क्रममा नेपाली चलचित्र उद्योग ठप्पजस्तै छ...

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

बेलुका बजार हिँडेका राम बिहान कुलोमा मृत भेटिए

  सप्तरी, राजविराज । अघिल्लो दिन साँझदेखी हराइरहेका एक युवा बुधबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको खडक नगरपालिका ३ गरुराहा टोल बस्ने ३० वर्षिय...

ट्रेन्डिङ

दाङमा छोराले गरे बावुको हत्या

तुलसीपुर । दाङमा छोराले बाबुको हत्या गरेका छन् । बंगलाचुली गाउँपालिका–२ पाखापानी निबासी ४५ बर्षका बावु बालाराम विकलाई २२ बर्षका छोरा बीरबहादुर विकले गएराति...

बागलुङमा अपहरण आरोपमा दुई पक्राउ

बलेवा । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)